धरान  उपमहानगरपालिकामा  कोरोनाको  त्राससंगै  खाने पनीको हाकार दैनिक जनजीवन क’ष्टकर  बनेको छ । देश भर कोरोनाले महामारीको  रुप लिए पश्चात सरकारले  सर्व साधारणलाई सचेत हुन आग्रह  गरिरहेका बेला प्रदेश १ कै दोस्रो ठूलो शहर धरानका स’र्वसाधारण खानेपानी  अभाव का कारण काकाकुल बनेका छन्।

महिनादिनदेखि धरानका १ देखि  १९  नम्बर  वडामा  निय मित  खानेपानी  आएको  छैन्।  नियमित  घरमा खानेपानी नआएका कारण निम्न आयश्रोत भएकाले एक घण्टा  हिँडे र बम धारा, खत्री धारा, विष्णुपादुका, चारकोसे झाँडी लगा यतका स्थानबाट पानी ल्याउने गरेका छन्।हुनेखानेले मिनि रल वाटर ट्याङकरबाट पानी किनेर  दैनिकीा  चलाउने  गरे का छन्।

धरानमा खानेपानी समस्या भए प’श्चात विभिन्न सामाजिक सं’घसंस्थाले स्थानीयलाई निःशुल्क पानी  वितरण  सुरु गरे का छन्। धरानवासीलाई  उपमहानगरपालिकाले  आ’वश्य क  खानेपानी  वि’तरण  नगरेका  कारण धरानवासी काका कुल बन्नु  परेको  स्थानीयको  गुनासो  छ।  महिनादिनदेखि धरानका  अ’धिकांश  घरमा  जडान गरिएका धारामा पानी आउन छाडेको धरान १६ का लक्ष्मण बस्नेतले बताए।

धरान उपमहानगरपालिकाकाले धरान खानेपानी  सं’स्थान लाई आफू  मातहतको  खानेपानी  व्य’वस्थापनमा  समायो जन गरे लगत्तै धरानमा खानेपानीको हाहाकार हुन थालेको हो। समायोजन हुनु अगाडि धरानमा संस्थान र बोर्डले अल गअलग खानेपानी  वितरण गर्दै  आएका  थिए। त्यति बेला धरानमा खानेपानीको खासै समस्या थिएन।

तर खानेपानी व्य’वस्थापन बोर्डमा सं’स्थानलाई समायोजन गरे लगत्तै धरानमा  खानेपानीको  हाहाकार  भएको  धरान १८ का हर्क साङपाङले बताए। एसियाली विकास बैंकको आ’र्थिक  सहयोगमा  धरानमा  नि’र्माण  थालिएको  धरान खानेपानी आयोजनामा करौंडौ रुपैयाँ भ’ष्टाचार हुँदा धरान मा खानेपानीको हाकाकार भएको उनको आ’रोप छ।

उनले आयोजनाको काममा भएको भ’ष्टाचारको  विषयमा छानविन गरेर दोषी उपर कारवाही गर्न  माग  गरेका  छन्। धरानमा दैनिक ३ करोड लिटर खानेपानीको माग भए पनि धरान खानेपानी  व्य’वस्थापन  बोर्डले  दैनिक  एक  करोड लिटर पानी पनि वितरण गर्न सकेको छैन्। पहिनादिनदेखि घरको धारामा पानीको थोपा नआए  प’श्चात  दैनिक  खाने पानी किनेर  गुजारा  चलाउनु  परेको  धरान–१५  की  इन्द्र कुमारी राईले बताइन्।

खानेपानी अभावकै कारण होटल, कलकारखाना संचालन मा  ग’म्भीर  समस्या  आएको छ। महिनादिनदेखि धरानमा पानी सहज रुपमा नआए प’श्चात दैनिक पानी  किनेर  होट लसंचालन गर्नुपरेको होटल एसोसिएसन धरानका  उपाध्य क्ष तथा  धरान  किचनका संचालक कृष्ण पाठकले बताए। धरान  आउने  प’र्यटकलाई  प्र’याप्त  पानी  दिन  नसकेको का’रण होटल व्य’वसाय सं’कटमा परेको उनको गुनासो छ

धरानमा कुल ३५ हजार निजि धारा छन्। ३ सय ४  सार्वज निक धारा जडान गरिएको भएपनी खानेपानी व्य’वस्थापन बोर्डले  सा’र्वजनिक  धारामा  पानी वितरण नगरेका कारण सुकुम्वासी लगायत निम्न आयश्रोत भएकासर्वसाधारणहरु खानेपानी  सु’विधाबाट  बन्चित  भएका  छन् । सुनसरीका प्र’मुख जिल्ला  अधिकारी  उमेशकुमार  ढकालले  धरानमा खानेपानीको हाहाकार भएको

जनगुनासो आए प’श्चात तत्काल सबै घरमा  पानी  वितरण गर्न  धरान  खानेपानी  व्य’वस्थापन  बोर्डका  प्र’मुख  राजु पोखरेललाई नि’र्देशन दिएको बताए। उनले खानेपानी वित रणमा  लापरवाही  गरिएको  पाइए  बोर्डका  कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्।  खानेपानी  बोर्ड का प्र’मुख  राजु  पोखरेलले  सबै  घरमा  पानी  वितरणको पहल भइरहेको आ’श्वासन  दिएका  छन्।  स्रोत  अन्लाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News