‘एउटा राष्ट्रको धरोहर धरहरा त उभियो, राम्रो पक्ष हो, भिमसेन थापाले बनाएको धरहरा ,भु’कम्पले भ’त्काए पछि,पुन निर्माण गर्न आवश्यक थियो ,बन्यो पनि, तर त्यसमा खुसि हुन भने चै सकिन मैले , म एउटा पुर्बको मान्छे ,त्यो पनि एउटा किसान परिवार आर्थिक रुपले मजबुत त हुन्न,

‘मेरो क्षेत्र धेरै गर्मि हुने गर्छ,तर बिजुली छैन,अब म सित  -ल ताप्न झापा देखि काठमाडौ आउ?बि’रोध गरेको हैन धरहराको तर, ठूलाठूला टावर भन्दा पहिले कृषिजन्य सामाग्री उपलब्ध गराइ दिनुस के पि बा, मलाई पहिले बिजुली दिनुस, समयमा बिउबिज,जलमल दिनुस, पहिले खेती गर्छु,अनि बजार दिनुस, उब्जाएको बस्तु बजारमा बेच्छु,

‘बजारमा बेचेपछि मैले २-४ पैसा कमाउछु  परिवार पाल्छु अनि रकम बचेछ भने,त्यो धरहरा घुम्न आउछु, धरहरा त इतिहास बोकेको एउटा स्तम्भ हो ,यो आवश्य  क छ,तर ठाउँ ठाउँमा भ्यू टावर चै किन? जनताको स्थिति ना’जुक छ,त्यो महत्त्वपूर्ण कुरा हो, भ्यू टावर हैन,गर्मी बढ्यो,अनि गर्मी सङ्गै अन्नबालीको समय आयो ,,

‘बिजुलीको ठेगान छैन , बिजुली  बिना तराईको ठाउँमा बोरिङले पानी दिन्न,पानी बिना खेति  हुन्न,पिसाब  गरेर जमिन भिजाउने? हिजोको दिनमा, देश यहीँ हो,  खोला त्यहि हो,कुलमान हुदा बिजुली पुग्ने कुलमान लाई हटाए पछि बिजुली नपुग्ने ? लाजनितिले लज्जास्पद भए को देश मेरो ,कृषिमा पनि लाजनिति?

‘अन्य उत्पादन हुने क्षेत्रमा ,बिजुली , मल, कि’ट’नाशक जस्तो अत्यावश्यक कुरा नदिने, नदिए पछि, उत्पादन कम हुन्छ, उत्पादन कम भए पछि , भारत बाट अझै धेरै आयत गर्न सकिन्छ ,आयत गरेपछि त कमिसन टन्नै भाग लाग्छ ,नेता जि हरु लाई,अनि आफू मालामाल भए जनताको के खोजी हैन र?

‘दमकमा ठुलो भगवान्को स्तुपा बन्दै छ रे, मलाई त्यो स्तुपा बने पनि नबने पनि खासै मेरो दैनिकी संग मेल खादैन, तर त्यहीँ दमक छेउको बर्षौ देखि थन्किएको पुल बनोस,बर्षौ सा’स्ती भोगेका छौ, मलाई त्यो पुल संग दैनिकी जोडिन्छ,

‘मलाई प्राधिकरमा कुलमान देउ,अनि तिमीहरू कुर्सी तानातान गर,या मा’र’पि’ट गरे पनि मलाई फरक पर्दैन ,जबसम्म जनताको दैनिकी संग देशको बिकाश जोडिदैन, तबसम्म त्यसलाई बिकाष मान्न सकिदैन,

‘पुजीपति हरुलाई घुमघाम गर्ने ठाउँ चाहिएको होला, तर त्यो पुजीपति लाई बिहान बेलुकी भोग लाग्दा खाने अन्न उत्पादन गर्ने मानिस लाई पहिलो प्राथमिकता देउ,;गंगा सुवेदी झापा(प्रधानमन्त्रीको छिमेकी )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News