काठमाडौँ — चीनले नेपालसहित दक्षिण एसियाका अन्य ५ मुलुकहरुसँग मिलेर संयुक्त रुपमा काम गर्ने भन्दै ‘६ देशीय सहयोग संयन्त्र’ को रुपरेखा अघि सारेको छ । दक्षिण एसियाका भारत, माल्दिभ्स र भुटानबाहेकका ५ मुलुकहरुसँग मिलेर स”हयोग संयन्त्र बनाउने प्रस्ताव चीनले अघि सारेको हो ।’

‘चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले मंगलबार वेइजिङबाट एक भिडियो कन्फरेन्स गर्दै नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तासँग मिलेर ‘६ देशीय संयन्त्रण’ निर्माणको प्रस्ताव गरेका हुन् ।चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार…

वाङले चीन ६ देशीय सहयोग संयन्त्रको रुपरेखा अन्तरगत निःशुल्क सहायता, व्यवसायको लागि खरिद र खोपहरुको उत्पादन र भण्डारण तथा अन्य मुलुकहरुलाई लचिलो तरि कामार्फत् खोप सहयोग प्रवर्धन गर्न इच्छुक रहेको बताए का छन् । सिन्ह्वाले जनाए अनुसार उनले भिडियो कन्फ रेन्समा सबै पक्षसँग सल्लाह गरेर चीन–दक्षिण एसिया आपतकालीन आपूर्ति भण्डारण खोल्ने चाहना भएको बताएका थिए ।’

‘दक्षिण एसियाली मुलुकहरुले कोभिड–१९ महामारीको नयाँ लहर सामना गरिरहेकाले चीनले अझ सहयोग गर्ने कुरामा सहमति जनाएको पनि सिन्ह्वाको समाचारमा उल्लेख छ ।

‘वाङले महामारीपछिको सुधारलाई ध्यान दिँदै चीनले अन्य देशहरुसँग गरिबी न्यूनीकरण अनु भव आदान–प्रदान गर्न चीन–दक्षिण एसिया गरिबी न्यूनीकरण र विकास सहयोग केन्द्र स्थापना गर्ने प्रस्ताव राखेका छन् । उनले चीनले यस क्षेत्रका देशहरुसँग मिलेर संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय प्रणालीको रक्षा गर्ने काम गर्ने पनि उल्लेख गरेका थिए, जसमा अन्य देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र उनीहरु लाई पक्ष छनोट गर्न बाध्य पार्ने ‘अवैध काम’को प्रतिरोध गर्ने उनले बताएका थिए ।’

‘वाङको प्रस्तावलाई अन्य सबै मुलुकका विदेश मन्त्रीहरु  ले पनि समर्थन गरेको सिन्ह्वाले उल्लेख गरेको छ । अन्य मुलुकका विदेश मन्त्रीहरुले विकासोन्मुख देशहरुमा किफा यती दाममा खोपको उपलब्धता सहज बनाउन   चीनको प्रयास सरहानीय रहेको बताएका थिए ।’

‘चीनले नेपाललाई उक्त कन्फरेन्समा ५ मिलियन आरए मबी (करिब ९ करोड रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सिन्ह्वामा प्रकाशित समाचारअनुसार उक्त कन्फरेन्स कोभिड–१९ मा मात्र केन्द्रित थिएन ।’

‘सिन्ह्वाले उक्त बैंठक चिनियाँ विदेश मन्त्री वाङले आफ्ना पाँचजना समकक्षीहरुसँग खोपको आपूर्तिलगायत कोरोना भाइरसविरुद्ध लड्न सहयोग सुदृढ गर्न, महामारीपश्चात आर्थिक सुधारलाई बढावा दिन र सबै देशहरुको विकास का लागि ठोस अन्तर्राष्ट्रिय वातावरण कायम गर्न छलफल गरेको जनाएको छ ।’

‘भारत उपस्थित नरहेको उक्त बैठकमा चिनियाँ मन्त्री वाङले चीन भारतको आवश्यकता अनु सार कुनै पनि समयमा भारतीय जनतालाई सहयोग दिन तयार भएको बताएका थिए । वाङ ले भारतलाई पनि बैठकमा बोला एको सिन्ह्वाको समाचारमा दाबी गरिएको छ । कन्फरेन्स मा वाङ ले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध सहयोगमा हस्तक्षेप हुन नदिन देशहरुले महामारीको राज नीतिकरण गर्ने प्रयासको विरोध गर्नु पर्ने बताए का थिए ।

‘चीनले यसअघि पनि भारतलाई छाडेर नेपाल, पाकिस्तान, अफगानिस्तान र आफू मिलेर कोभिड–१९ मा क्षेत्रीय सह कार्य गर्ने भन्दै वाङकै नेतृत्वमा भिडियो कन्फरेन्स  गरेको थियो । उक्त कन्फरेन्स सन् २०२० को जुलाई २७ मा भए को थियो । जहाँ चार देशका विदेश मन्त्रीले सहभागिता जनाएका थिए ।’

‘उक्त कन्फरेन्सलाई चीनले यो क्षेत्रमा भारतलाई एक्लाउन को लागि यो योजना बनाएको भन्ने अरोप समेत लागेको थियो । केही सञ्चार माध्य महरुले त नेपाल, पाकिस्तान, अफगानिस्तान र चीन सम्मिलित उक्त बैठकलाई ‘हिमालय न क्वाड’को समेत संज्ञा समेत दिएका थिए। जसलाई चीन ले नकार्दै आइरहेको छ ।

‘मंगलबारको कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्ध प्रतिकार्य र आर्थिक पुनरउत्थान गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यमा हुनु पर्नेमा बताएका थिए । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उक्त ६ देशीय ‘सहयोग संयन्त्र’ बारे केही उल्लेख गरिएको छैन ।श्रोत कान्तिपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News