४५६ मेघावाट क्षमताको माथिल्लो  तामाकोसी  जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न थालिएको  छ । एक औपचारिक कार्यक्रम  आयोजना  गरी संचार  तथा  सूचना प्र’विधि  मन्त्री  पार्वत  गुरुङले स्वीच थिचेर सुरुङमा  पानी खसाल्ने कामको शुभारम्भ गरे। पानी  सुरुङमा  खसालिए सँगै हप्ता–दश  दिनमा  सुरुङ  भरिनेछ।  सुरुङ भरिएपछि ‘वैशाखभित्रै एक  युनिटबाट  बिजुली  उत्पादन  गर्ने  लक्ष्य लिइएको छ।

युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ । केही  दिन भित्रै प्रधानमन्त्री केपी  शर्मा  ओलीले  सो  आयोजना बाट उत्पादन  हुने   विद्युतको औपचारिक  रुपमा उ’द्घाटन  गर्ने मन्त्री  गुरुङले  जानकारी  दिए। पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को  युनिटबाट  बिजुली  उत्पा दन सुरू हुने आयोजनाले जनाएको छ।

अर्थात् जेठ  महिनामै  माथिल्लो  तामाकोसीबाट  डेढ  सय मेगावाट बिजुली उत्पादन  हुनेछ ।  उत्पादनको  केही  दिन पछि  बन्द गरी उपकरणहरूको परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि भने नियमित रूपमा  व्यावसायिक  उत्पाद न हुनेछ। सबै युनिट जडान गरेर तीन  महिनाभित्र  आयोज नालाई पूर्ण क्षमता चलाउने योजना रहेको न्यौपानेले बताए

महँगियो लागत, ८६ अर्ब नाघ्ने अनुमान  बिजुली  उत्पादन भइ नसकेकाले आयोजनाको ब्याजसहितको  लागत  बढि रहेको छ। कुल  लागत  ३५  अर्ब  लाग्ने  अनुमानका  साथ आयोजना  बनाउन  थालिएको  थियो   आयोजनाको कुल लागत ८६ अर्ब नाघ्ने अनुमान छ।हालसम्म करिब ८३ अर्ब रुपैयाँको लागत निस्किसकेको छ।

कम्पनीले  सा’र्वजनिक  गरेको  गत  पुस  मसान्त  सम्मको वित्तीय विवरणअनुसार  लामो  अवधिको  ऋण  (लंग  टर्म लोन) ४० अर्ब छ। कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, बीमा संस्थान लगायतबाट  आयोज नाले यस्तो ऋण लिएको छ।त्यस्तै ऋणको ब्याज २७ अर्ब ८२ करोड पुगेको छ।

विभिन्न बैंकबाट लिएको  अल्पकालीन र अन्य ऋण ५ अर्ब २२ करोड छ। आयोजनाले  सेयर  जारी गरेर १० अर्ब  ५९ करोड रुपैयाँ जुटाएको थियो। पछिल्लो  समय  बन्ने  गरेका आयोजनाकै हाराहारीमा  माथिल्लो  तामाकोसीको  लागत पुगेको  छ। प्र’तिमेगावाट लागत १८ करोड ८५ लाखभन्दा बढी लाग्ने देखिन्छ।भूकम्प, नाकाबन्दी, कोरोनाजस्ता अस हजता झेल्नुपर्दा आयोजनाको लागत  बढ्न  गएको आयो जनाका प्रवक्ता गणेश न्यौपाने बताउँछन्।

‘यस्ता संकटका बेला आयोजनालाई आवश्यक पर्ने  उपक रण,  जनशक्ति  तथा नि’र्माण सामाग्री उपलब्ध हुन सकेन, यसले गर्दा अवधि लम्बिए र ब्याज  बढ्न  गयो’  न्यौपानेले भने ‘अर्कोतर्फ डलरको मूल्यले  पनि  ठूलो  असर  पार्यो।’ आयोजनामा आवश्यक पर्ने सबै उपकरण डलरमा भुक्तानी गरी विदेशबाट ल्याइन्छ। ‘डलर महँगिदा मात्रै  ८ अर्ब  बढी लागत लाग्ने भयो,’ न्यौपानेले सेतोपाटीसँग भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News