काठमाण्डौं ।नेपालले आफ्नो छुट्टै भूउपग्रह (स्याटलाइट) राख्ने प्रयोजन को लागि अघि ब”ढाएको प्रक्रिया अन्तिम चरणमा पुुगेको छ । स्रोतका अनुसार फाइनल डकुमेण्ट तयार हुन अब मुश्किलले एक साता मात्र बाँकी छ यस अघि अन्तरिक्षमा नेपालले स्याटलाइट राख्न पाउने स्पेश (स्थान) को बारेमा।

भएको अनिश्चितताको अन्त्य भएको छ । अब अन्तर्राष्ट्रिय दूरसञ्चार “संगठन (आइटीओ)’ ले दिएको फ्रि स्पेशमा नेपालको स्याटलाइट राखिनेछ। विशेष स्रोतका अनुसार ‘स्याटलाइट कन्सल्टिङ’ को काम शुरु भइ”सकेको छ ।”टेण्डर डकुमेण्टलगायतका कागजात धमाधम तयार भइरहेको छ ।

त्यहि क्रममा बिजनेश मोडल पनि तयार पारिएको छ । त्यसपछि खुल्ला प्रतिस्पर्धाबाट स्याटलाइट खरिदको काम अघि बढ्ने बताइन्छ । स्रोत भन्छ ‘जसले सस्तोमा प्रस्ताव गर्छ उसैसँग खरिद गरिनेछ ।’यसअघि स्याटलाइट राख्ने अन्तरिक्ष”को स्पेशबारे नेपाल र ला’ओसवीच विवाद भए पछि।

अहिले लाओसले उक्त विवादको विषय फिर्ता लिएको छ । त्यसैले एनटीओले नेपाललाई फ्रि स्पेश दिएको हो । अब त्यहि फ्रि स्पेशमा नेपालको स्याटलाइट बस्ने भएको हो ।स्याटलाइट जडानका लागि १५ देखि २२ अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान छ । ती सबै लागत टेण्डर डकुमेण्टको।

डिजाइनमा भर पर्नेछ । त्यसैले हाम्रो आवश्यकता अनुसार बिजनेश मोडललाई हेरेर लागत निर्धारण हुने बताइन्छ । सरकारी अधिकारीहरूका अनुसार घटिमा १५ र बढीमा १६ अर्ब रुपैयाँ लाग्नसक्छ । विज्ञहरूका अनुसार आफ्नै स्याटलाइटबाट दूरसञ्चारसँग सम्बन्धित सम्पूर्ण काम।

यसको पहिलो प्राथमिकतामा पर्नेछ । त्यसपछि मात्र एफ एम,टेलिभिजन, सेना र प्रहरीको सञ्चारको काम पनि यसै बाट गर्न सकिन्छ अन्तरिक्षमा रहने भएकाले त्यस्तै भूकम्प लगायत का प्राकृतिक प्रकोपमा समेत यो सुरक्षित हुन्छ ।र त्यस्तो बेलामा यो अझ बढी उपयोगी हुने बताइन्छ ।

पछिल्लो समय टेलिभिजन अन्य प्रयोजनको लागि मुलुक बाट डेढदेखि दुई अर्ब रुपैयाँ स्याटलाइट प्रयोग गरेवापत नै विदेश जाने गरेको छ । मुलुकको आफ्नै स्याट लाईट राखे पछि त्यो रकम स्वतः रोकिने छ ।र यता,बेस स्टेशन चाँहि खुमलटारस्थित रेडियो नेपालको जग्गामा राख्ने तय भए को छ ।

यसबारे क्याबिनेटले आवश्यक निर्णय गरिसकेको बताइन्छ । रेडियो नेपालको उक्त जग्गा नेपाल दूरसञ्चार प्राधिकरण लाई हस्तान्तरण गर्ने प्रक्रियासमेत अघि बढेको थियो ।तर रेडियोको ४२ रोपनी भनिएको उक्त जग्गाबाट दुई” रोपनी गायब भएपछि हराएको जग्गा खोज्नै ‘महाभारत’ भएको स्रोतको दाबी छ ।जन आस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News