लुम्बिनीप्रदेश सरकारको  मुख्यमन्त्रीबाट  राजीनामा  दिए का शंकर  पोखरेलले  संसदीय  मर्यादाविपरित जालझेल र तिगडम भएपछि आफूले मुख्यमन्त्रीको पदबाट  राजीनामा दिएको बताएका छन्। मुख्यमन्त्री पदबाट  राजीनामा  दिए लगत्तै एमाले संसदीय दलको बैठकलाई सम्वोधन गर्दै

पोखरेलले लुम्बिनी प्रदेशसभा सचिवालय  लेसमेत  अनाव श्यक  रूपमा  जालझेल  र  तिगडम गरेपछि आफूले बाध्य भएर  राजीनामा  दिएको  बताए।   मेरो  ने’तृत्वमा  बनेको सरकार संविधानको धारा १६८ को २ बमोजिम गठन  भए को थियो, केन्द्रमा विवाद भए पनि मैले मिलेर जाउँ भनेको थिएँ,

तर माओवादी केन्द्रका साथीहरू मान्नुभएन,’मुख्यमन्त्रीको भनाई उदृत गर्दै मन्त्री  लिला  गिरीले  सेतोपाटीसँग  भने ।मिलेर जाउँ भन्दा मान्नुभएन, मात्रै होईन नियम र  संसदीय मर्यादा विपरीत  प्र’देशसभा  सचिवालयलेसमेत  जसपाका सांसदलाई पदमुक्त गर्ने काम गर्‍यो,’

मुख्यमन्त्रीले भने, ‘अब संबिधानको धारा १६८ को १ बमो जिम सरकार गठन हुन्छ र त्यो ठिक ढंगले अगाडि  बढ्छ। एमाले  संसदीय  दलले  पुनः  शंकर  पोखरेलकै  ने’तृत्वमा एमालेको सरकार  गठन  गर्ने  नि’र्णयसमेत  गरेको  गिरीले बताए।

यस्तै प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था  नभएसम्म  मौजुदा मन्त्रिपरिषदलाई  नै  प्र’देशको  मन्त्रिपरिषदको  का’र्यभार सञ्चालन गर्न जिम्मेवारी तोकेका छन्।  स्रोत  सेतो  पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News