काठमाडौं । शहीद गं’गालाल राष्ट्रिय हृद’यरोग केन्द्रमा आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठ माडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अ’क्सिजन प्लान्टको आईतबार एक समारोहकाबीच उ’द्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।

प्लान्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । चलनमा रहेको अक्सिजन सिलिन्डर अनुसार, प्रतिदिन १ सय ३५ वटा सि”लिन्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सि”लिन्डरमा ४७ लिटर अक्सि’जन हुने गर्दछ ।

सो अक्सिजन प्लान्ट २ करोड ७५ लाख रुपैंया मा निर्माण भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै बिरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरू हुनु निकै राम्रो काम भएको बताए ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्य कारी निर्दे शक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगाला हृदयरोग केन्द्रले विरामीका लागि नि:शुल्क अक्सिजन उ’पलब्ध गराएको र भविष्यमा पनि निःशुल्क नै उप’लब्ध गराउने बताए ।

उनले को’रोनाको लहर भन्दा अगाडिनै अक्सिजन प्ला’न्ट स्थापना गर्ने योजनाअनुसार प्लान्ट निर्माणको काम अघि बढेको भएपनि अहिले अक्सिजन अभावको समस्या परे का बेला अक्सिजन उत्पादन हुनु निकै राम्रो कुरा भएको बताए ।

उनले मुटुरोगीहरूलाई को’रोना लागेमा उपचार मा कठि नाई भएकाले सबै मुटुरोगीहरूलाई विशेष सर्तकता अपना उन पनि आग्रह गरे । महानगरपालिकाकाले कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्ला’न्ट स्थापनाका लागि सहयोग गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News