दैनिक उपभोग्य वस्तु ३ महिनाका  लागि  मौज्दात  रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताए को छ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्णरुपमा  लकडाउन भएको  अवस्थामा पनि  ३  महिनालाई  पुग्नेगरी  बजारमा मौज्दात रहेको बताए ।

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको पौडे लले बताए।मंगलबार न्यूज  एजेन्सी  नेपालसँग  कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्यान्न सहजै उपलब्ध हुने भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी खरिद गरी सञ्चय नगर्न पनि आग्रह गरे। खाद्य पदार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए।


पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा छ : वाणिज्य  विभाग  उनले  भने,‘चामल,  दाल, नुन, तेल, चिनी लगायतका न्युनतम वस्तुको स्टक करिब ३ महिनालाई अझै पनि  हामीलाई  सप्लाईमा  समस्या  छैन। नआए पनि पुग्छ।खाद्य पदार्थको आपूर्ति सहज छ। उपभो क्ताले  उपभोगको  मात्रा  बढाए,  आवश्यकता भन्दा  बढी खरिद गरिदिनु भो भने  मूल्यवृद्धि  गर्ने  सम्भावना  रहन्छ। आत्तिनुपर्ने अवस्था छैन।’

उनले दैनिक उपभोग्य वस्तुको  आयातमा  कुनैपनि  प्रकार को  समस्या  नभएको  पनि  बताए।  दैनिक उपभोग्य वस्तु हरु,मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ। उनले भने, ‘भन्सार नाकाका छेउमा आयात गरेर राखिएका गोदा महरु छन्। त्यो  गोदामहरुबाट  काठमाडौंसम्म  ल्याउनको लागि दैनिक उपभोग्य वस्तुका साधनहरु,

मास्क   सेनिटाइजर  जस्ता  अहिले  अ’त्यावश्यक  भएका वस्तुहरु  सँगसँगै  उद्योगको  कच्चा  पदार्थका लागि आउने सवारी साधनलाई  रोकिएको  छैन।’  दैनिक उपभोग्य वस्तु हरुको अस्वभाविक मूल्यवृद्धि भएको  खण्डमा  मूल्यवृद्धि गराउनेलाई  का’रबाही  गरिने  पनि  महानिर्देशक  पौडेलले बताए। बजारको अ’वस्थाको  सम्बन्धमा  विभागले  दैनिक रुपमा अनुगमन गरिरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News