‘२२ वैशाख, काठमाडौं । भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु रहने गरी ८ वटा होटेललाई क्वारेन्टिन तोकिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रा लयका अ नुसार भारतबाट आउने हवाई यात्रु यी ८ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्नेछ ।

‘मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरी स्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसाला स्थित अमादब्लम होटेल गौशाला स्थित रिडर्स इन, गौशा लास्थित आनन्द आश्रम, जगातीसिथत फार्म हाउस रिर्सोट र जगातीस्थित ए-वान रिर्सोटलाई होटेल क्वारेन्टिनका रुपमा तोकिएको छ ।

यी होटेलमा १० देखि ९१ कोठासम्म उपलब्ध छन् ।

‘मन्त्रालयका अनुसार यी होटेलले यात्रुलाई विमानस्थल बाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबास  को सुविधा दिने छन् । मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रति व्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरि होटेल तोकिएको छ ।

“नेपाल वायुसेवा निगम र एयर इण्डियाको सम न्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

‘यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ । बिहीबार रातिबाट हवाई उडान बन्द हुनेछन् ।

‘तर, साताको दुई उ’डान भने भारतबाट निरन्तर रहने छन् । भारतबाट आएका यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्ने नियम सरकारले बनाएको छ ।अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News