काठमाडौ– कोरोना भा’इरस सं’क्रमणका कारण नेपाल गञ्जमा एकै परिवारका ४ जनाले ज्या’न गुमाएका छन् । पूर्व राष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी १ बहिनी र २ दाइको मृत्यु भएको हो । नेपालगञ्ज–३ सुनारमन्दी टोल का ४२ वर्षीय जाहिरको बुधवार साँझ ७ बजे भेरी अस्पता लमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

‘त्यही अस्पतालमा उनका राइँलो दाइ एजाजको बिहीवार बेलुकी ७ बजे र काइँलो दाइ इम्तियाजको शुक्रवार बिहान साढे १० बजे ज्यान गएको हो ।‘हट्टाकट्टा थिए, अ’चानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्,’ छिमे  की हज शकिलले भने ।उनका अनुसार ७ दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए ।

‘परिवारमा अन्य पनि संक्रमित छन् । तीमध्ये कोही घरमै आइसोलेसनमा र केही अस्पतालमा उपचाररत   छन् । घरमा उनीहरूकी वृद्ध आमा छिन् । जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृ’त्यु भएको हो ।

‘उनको भारतमा बिहे भएको थियो ।सन् १९९७ मा सिंगा  पुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा जाहिर १८ सदस्यीय टोलीमा थिए । उनी १४ सदस्यीय नेपाली टोलीमा पर्न भने सकेनन् ।

‘पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए । नेपालगञ्जका भारोत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारोत्तोलक शकिल अहमदको पनि बिहीवार संक्रमणले नै ज्यान लिएको छ ।

‘उनको नर्सिङ होममा उपचारका क्रममा मृ’त्यु भएको हो । उनले सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुद र १९९० मा चीनमा भएको एसियाली खेलकुद मा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले १ महिना रुसको मस्कोमा विशेष प्रशिक्षण समेत लिएका थिए ।

‘आफ्नै प्रशिक्षणमा खेलेको स्मरण गर्दै नेपाल भारोत्तोलन संघका वरिष्ठ उपाध्यक्ष पार्थ सारथि सेन गुप्तले भने, ‘शकि ल, सुरेन्द्र हमाल, समसु -द्दिन एकै पुस्ताका खेलाडी हुन् । त्यो बेला नेपालगञ्जको बलियो टोली थियो । भेन्टिलेटर मा भए पनि २ दिनअघि छोरामार्फत कुरा गरेको   थिएँ, हिजो साँझ आकस्मिक खबर आयो । स्तब्ध छु ।’ राष्ट्रिय खेलकुद परिषद्मा उनी अधिकृतस्तरका प्रशिक्षक हुन् ।

‘काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपालको भारोत्तोलन प्रशिक्षण टोलीमा थिए । उनले नेपालको प्रशिक्षक भएर ताइवान, उज्वेकिस्तान, मलेसिया मा टिम लगेका थिए ।

‘अन्तर्राष्ट्रिय भारोत्तोलनका पदक विजेता समसुद्दिन सिद्दिकीले जाहिर र शकिलजस्ता अन्तर्राष्ट्रियस्तरका २ होनहार खेलाडीको निधन हुनुले नेपालगञ्जको खेल क्षेत्रमा ठूलो धक्का पुगेको बताए ।’

‘देशलाई योगदान गरेका व्यक्तित्वप्रति सम्मानजनक उपस्थितिमा दाहसंस्कार समेत गर्न नपाउनु सबैभन्दा दुःखको पक्ष रह्यो,’ उनले भने, ‘नेपालगञ्जको खेल क्षेत्र अहिले शोकमग्न छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News