काठमाडौं :संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा  कोरोना  भाइरस (कोभिड-१९) सं’क्रमण पुष्टि  भएको  छ ।  स्वाब  संकलन गरिएका  मध्ये  ११.९७ प्र’तिशतमा कोरोना सं’क्रमण पु’ष्टि भएको संघीय संसद्‍ सचिवालयले जनाएको  छ।  सेयर  है

वैशाख २२, २३ र २४ गते स्वाब  संकलन  गरिएका  २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य  गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो।संक्रमित मध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। रा’ष्ट्रिय सभाका एक सांसदमा  मात्र  सं’क्रमण देखिएको छ।

संसद्‍  सचिवालयमा  स्वाब  संकलन गर्नुअघि नै ८  सांसद आइसोलेसनमा रहेकाले सं’क्रमित  सांसदको  कुल  संख्या २६ पुगेको छ। सं’क्रमित १६० मध्ये १४१ जना सचिवालय का कर्मचारी, मर्यादापालक, स्वकीय स चिव,  सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्।

सचिवालय स्रोतका  अनुसार  प्रतिनिधिसभाका ५४ सांसद को भने परीक्षण बाँकी नै छ। प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या  २६७  रहेको छ।कोरोना सं’क्रमणबाट संघीय संसद्‍ सचिवालयमा  का’र्यरत उपसचिव कृष्णराज खनालको मृ’त्यु भइसकेको छ।

परीक्षण गरिएका मध्ये करिब १२ प्रतिशतमा संक्रमण पुष्टि भएपछि वैशाख  २७  गतेका  लागि  बोलाइएको  संसद्‍को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने  हो  कि भन्ने  त्रास  बढेको  छ।  प्रधानमन्त्रीले वि’श्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको संसद् बैठकमा सं’क्रमित सांदलाईसमेत उपस्थित गराउने तयारी सचिवालयले गरेको छ।

अधिवेशन अगाडि कार्यव्यवस्था  परामर्श  समितिको  छल फलले सं’क्रमित सांसदको सहभागिताको विषय टुंगो लगा उने छ । संक्रमित सांसदर्ला छुट्टै कक्षमा  राखेर  मतदानमा सहभागी गराउने तयारी भए पनि  यो  नि’र्णय  भइसकेको छैन

पोजेटिभ रिपोर्ट आएका २६ सांसद
– झलनाथ खनाल
– मुकुन्द न्यौपाने
– मायादेवी न्यौपाने
– पार्वती डिसी चौधरी
– राजेन्द्रप्रसाद गौतम
– नन्दलाल रोका क्षेत्री
– लालबाबु पण्डित
– लक्ष्मणलाल कर्ण
– नरमाया ढकाल
– महेश बस्नेत
– रामबाबु यादव
– गोपालबहादुर बम
– नमीता कुमारी चौधरी
– शान्तिमाया तामाङ
– विना कुमारी श्रेष्ठ
– रेनुका गुरुङ
– जुलीकुमारी महतो
– रघुवीर महासेठ
– किसान श्रेष्ठ
– सुरेश कुमार राई
– पुष्पा कुमारी कर्ण कायस्थ
– भानुभक्त ढकाल
– बीना मगर
– भरतकुमार शाह
– प्रमोद शाह
– दिपकप्रकाश भट्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News