नेपाली काँग्रेसले सरकार को’भिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको आ’रोप लगाएको छ । सो पार्टीका सह–महामन्त्री एवं नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयो जक डा प्रकाशशरण महत।

‘ले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डर को आपूर्ति गर्न सरकारसँग माग गरेका छन् ।

कोभिड–१९ का विरामीहरु अस्पतालमा बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरु काठमाडौं उपत्यका लगायत देशभरिबाट आइरहे को भन्दै उनले अक्सिजनको अभाव हुँदा पनि सरकारले प्रभावकारी पहल नगरेको आरोप लगाए ।

‘अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामी हरुले अक्सिजन नपाउने अवस्था सृजना भएको छ । यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेका छन् ।

‘काठमाडौं उपत्यकाका कतिपय अस्पताल हरुले अक्सि जनको अभावका कारण अक्सिज न चाहिने कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन् ।

‘सरकार भने कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील छैन’, विज्ञप्तिमा भनिएको छ । सरकारले संक्रमितहरुको उपचारका लागि आवश्यक ता अनुसार अस्पतालहरूको थप व्यवस्था गर्न र अक्सिज नको समुचित आपूर्ति दुबै गर्न नसकेको काँग्रेसको भनाइ छ ।

‘कांग्रेसले आवश्यकता अनुसार देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उप’चारका लागि अस्थायी अस्पतालहरूको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनि’श्चितता गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News