पोखरा  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि  मन्त्रीमा नियुक्त भएका  राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद  खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा  खेलकुद  मन्त्री नियुक्त भएका थिए भिडियो अन्तिममा छ ! हेरेर प्रतिक्रिया दिनु होला !

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लाे समय आफ्नो पद ध’रापमा  परेपछि  मनाङेलाई  रोक्नका  लागि  सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री  बनाएका  थिए । तर, मुख्यमन्त्री गुरुङले आपूm विरुद्ध  संसदमा दर्ता  भए को अविश्वास प्र’स्तावमा मतदान  हुनुभन्दा  अघिल्लो  दिन राजीनामा  दिएपछि मनाङेको मन्त्री पद १० दिनमै  गुमेको हो ।

मनाङे स्वयंले आफू दुइ साता मन्त्री रहने नि’श्चित  हुँदाहुँदै पनि छोटो  समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको  प्र’तिक्रिया दिएका थिए । मन्त्री बनेको  १०  दिनमै मुख्यमन्त्री  गुरुङले  राजीनामा  दिएपछि  उनी  पनि  काम चलाउ भएका छन् ।

मनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए । उनले  अब  सत्तापक्षीय  एमालेलाई  दिएको  साथ  कायम राख्छन् वा नयाँ सरकार  बनाउने  दललाई  समर्थन  गर्छन् हेर्न बाँकी छ ।स्रोत रातो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News