
‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको विश्वासको मतको विपक्षमा भोट हाल्न सांसदहरूलाई आग्रह गरेका छन् ।प्रतिनिधिस भाको सोमबार को बैठकमा बोल्दै दाहालले भने, ‘प्रधानम न्त्रीले सबैलाई आफ्नो पक्षमा भोट हाल्न भन्नुभयो
‘तर म भन्छु प्रधानमन्त्रीबाहेक सबै सांसदले विश्वासको प्रस्तावको विपक्षमा भोट हाल्नुस्।’दाहालले प्रतिनिधिसभा अर्को सरकार गठन गर्न सक्षम रहेको भन्दै अन्यथा नसोच्न पनि आग्रह गरेका छन्। उनले संविधानको हुर्मत लिने काम कसैले गर्न नहुने धारणा राखेका थिए।
‘प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुँदैन भन्ने विश्वास भएकाले नै आइतबार संवैधानिक परिषद्को बैठक बसेर विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको दाहालको भनाइ थियो।
‘प्रधानमन्त्री ओलीमा सकेसम्म पहिल्लै संवैधानिक निकायमा कब्जा गरौं भन्ने लागेर नै विश्वासको मत लिनु पहिला नै नियुक्ति सिफारिस रहेको दाहालले बताए।प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि प्रतिनि धिसभा बैठकमा छलफल भइरहेको छ।
‘बैठकमा नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद अनुपस्थित रहेका छन्। प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री को विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
‘त्यस्तै, माओवादीले पनि त्यस्तै निर्णय गरेको छ। जसपाले भने तटस्थ बस्ने निर्णय गरेको छ।कान्तिपुर।