काठमाडौंकोढल्कुमा सबिना नेपाली आफ्नो  सानो  छोरि को  साथमा  बस्नुहुन्छ  ।यस्तो कोरोनाको कहरसगै अन्न नै भएन खानलाई साथै छोरिले पढ्ननै पाइन ,कोठाको भाडा तिर्न कठिनाइ भो र हदसम्मको  दुखदायि  जीवन  बिताउन बाध्य भएको भन्ने सन्देश पाइसकेपछि हामिले  उनको  घर सम्म जाने जमर्को गर्यौ ।

श्रिमानले छोडेर कहाँ गए भन्ने सम्म पनि थाहा छैन सबिना लाई  ।उनी  छोडेर  मात्रै गएनन् ऋणको भारि नै टाउकोमा थुपारिदिएर सम्पर्कबिहिन भए उता  छोरिले पढ्न अत्याधि क नै रुचि  राख्छिन् तर यी बिबस आमाले  कसरी जुटाउनु व्यवस्था ,बिहान बेलुकाको छाक टार्न त  हम्बेहम्बे छ  झन पढाइ त केवल सपना मात्रै न हो ।

लकडाउन  अगाडि  अरुको  लुगा  धुदै  हिड्ने र केही पैसा पाउने तर सो पैसाले रासन जुटाउने कि घर  भाडा तिर्ने कि छोरी पढाउने ।यस्तो अवस्थामा आफुले जीवन बेथित  गर्नु परिरहदा कहिलेकाही भने मुसाको ओखति खाएर आफ्नो र छोरी दुबैको ज्यान नै लिन  मन  लाग्ने  उनी बबताउँछिन् ।यस्तो सोच नआओस् पनि  किन ,जब  छन  भन्नेनै  कोहि हुदैनन् र छैनन् भन्ने त झन हुने कुरै भएन ।

यस्तो भएपछि जिन्दगीले निकास खोज्नु पनि  स्वभाविक नै हो । यस्तो बिचल्लि बनाएर अन्यत्र हिड्ने ती श्रिमानको रुपमा राक्षसलाई सम्पर्कमा  ल्याउनुपर्छ र आफ्नो श्रीमती र छोरिको जिम्मा लिनुपर्छ ।सबैले यी  चेलि र सानि  छोरि लाई सहयोग गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News