काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओली को विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओली द्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुन स्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्ततः आज असफल भएको छ ।’

‘आफैले संसदको विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेसमाओवादी केन्द्र गठबन्धन विकल्प दिन असफल भएको छ । ओलीले विश्वासको मत गुमाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोम बार संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्म समय दिएकी थिइन् ।’

‘बहुमतको सरकार गठनका लागि काँग्रेस –माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच भएको भगीरथ प्रयास असफल सिद्ध भयो ।

‘ओलीको विकल्प दिने निर्विकल्प एजेण्डा बनाएका नेता हरुको अलमल र अन्योलताले विपक्षी रणनीति असफल भएको देखिन्छ।त्यसमा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले मात्र काम गरेको छैन । सरकारको नेतृत्व लिन कसिएको काँग्रेसमै पनि केही समस्या देखिन्छ ।’

‘खटन–पटनमा समस्या पछिल्ला दिनमा देउवा आफैले राजनीतिक भेटघाटमा तीव्रता दिएका थिए । साथै आफू निकट महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बाल कृष्ण खाण, केन्द्रीय सदस्य रमेश लेखकलाई छलफलका लागि खटाएका थिए ।’

‘योबीचमा देउवाले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव सँग निरन्तर संवाद गरेका थिए । एमाले नेता भीम रावल, माओवादी नेता वर्षमान पुनसँग उनीहरुले निरन्तर छलफल गरिरहेका थिए ।

‘जसपाको उपेन्द्र र महन्थ पक्षसँगको छलफललाई काँग्रेस नेताहरुले जोड दिएका थिए । तर वैकल्पिक सरकार गठन का लागि मैदानमा उत्रिएका नेताहरुको राष्ट्रिय तथा अन्तर राष्ट्रिय नेक्सस थिएन । साथै देउवाले पार्टीको विपक्षी नेता हरुलाई साथमा लिएको पनि देखिएन ।’

‘देउवाले छलफलका लागि खटाएका सबै नेता उनी निक  ट नै थिए । त्यसमा पनि काँग्रेसभित्र सत्ता राजनीतिका भेट्रान खेलाडी मानिने उपसभापति विमलेन्द्र निधि मौन जस्तै देखिए ।७३ मा तत्कालीन एमाले–माओवादी गठ बन्धन तोडेर ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउने सन्दर्भमा निधि गेम चेञ्जरकै रुपमा देखिएका थिए ।’

‘तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्यको सम्भव तुल्याए का थिए । उनी आफू पनि उपप्रधान तथा गृह मन्त्री समेत भनेका थिए । यो पटक उनी त्यो ढंगले सक्रिय भएको पाइएन । देउवाले उपसभा पति निधि, नेता कृष्ण सिटौला, शेखर कोइराला मिनेन्द्र रिजाल लगायतलाई अगाडि नसारेर कमजोरी गरेको काँग्रेस नेताहरुको भनाइ छ ।’

‘राष्ट्रिय तथा अन्तराष्ट्रिय पक्ष राम्रोसँग बुझेका र विश्वास गरेका नेताहरुको टोली बनाउन देउवा चुक्दा यस्तो अवस्था आएको बुझ्न गाह्रो छैन । साभार रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News