काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्।पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकार लाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् ।’

‘खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुप   मा रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन्।’

‘ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार त्यहाँको स्थानीय समय अनुसार दिउँसो साढे दुई बजे ओमनका लागि नेपाली रा’जदूत शर्मिला पराजुली ढकालको उपस्थि तिमा नेपालमा अक्सिजन सिलिन्डर पठाएका छन् । नेपाल एयरलाइन्सको वाइड बडीमार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइएको छ ।’

राजदूत पराजुलीले यस्तो कोरोना कहरको घडीमा नेपाली श्रमिकले सहयोग गरेको भन्दै खुसी व्यक्त गरेकी छन्। साथै, खा”डी मुलुकमा का’र्यरत सम्पूर्ण नेपाली श्र’मिक लाई धन्यवाद दिँदै ए’नआरएनए मध्यपूर्वलाई वि’शेष आभार प्र’कट गरिन् ।

‘शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एय’रपोर्ट आइपुग्ने र भोलि नेपाल सरकार लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।’

यो पनि,,अक्सिजन प्लान्टका लागि तीन अस्पताललाई पौने ६ करोड

‘नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँ   गै तीन अस्पता’ललाई अक्सिजन प्ला’न्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उ’पलब्ध गराउने निर्णय स्वीकृत गरेका छन् ।’डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उ’पल’ब्ध गराउने निर्णय स्वी’कृत गरिएको हो ।

कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याइने उनले बताए । अर्थ मन्त्रालयमा शुक्रबार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारी अन्तिम चरणमा रहेको र कोभिड महामारीले प्रभावित अर्थतन्त्र लाई पुनरुत्थान र गतिशील बनाउने संक’ल्पसाथ बजेट ल्याउन लागिएको जानकारी दिए ।

‘को’भिड रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने र यसलाई थप सघन एवं प्रभाव कारी बनाइने उनको भनाइ छ ।कान्तिपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News