‘बलिउड नायक सलमान खानले चलचित्र ‘राधे’ पाइरेसी गर्नेलाई कडा चेतावनी दिएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले ओटीटी प्लेटफर्मबाट रिलिज भएको चलचित्र पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन् । चलचित्र पाइरेसी गरेर हेर्नेहरुसँग आक्रोशित हुँदै सलमानले लेखेका छन्–‘

‘हामीले हाम्रो चलचित्र राधे २४९ रुपैयाँमा हेर्न सक्ने गरि दर्शकमाझ ल्याएका थियौं । तर, यो चलचित्रको पाइरेसी भैरहेको छ । जुन गम्भिर अपराध हो । साइबर सेल गैह्रकानुनी रुपमा चलचित्रको पाइरेसी गर्नेविरु’द्ध कडा क’दम चाल्ने तयारीमा छ । म आग्रह गर्न चाहन्छु, तपाई यसको हिस्सा नबन्नुहोस् ।

‘नत्र, साइबर सेलले तपाइको विरु’द्धमा क’डा कदम चाल्नेछ । प्लिज, संझिनुहोला, तपाई साइबर सेलको निशानामा पर्न सक्नुहुन्छ ।’सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका

‘कलाकारले अभिनय गरेको यो चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् । मे १३ मा रिलिज भएको यो चलचित्र रिलिज भएकै दिन पाइरेसी भएको थियो ।

यो पनि,,त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शप थविरूद्ध सर्वोच्चमा रिट प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरू द्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ।अधिवक्ता चन्द्र कान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्या एका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानु नविपरीत भएकाले बदर गर्न माग गरिएको छ।

भण्डारीको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभए को र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महा शाखाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनी यताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटा एका थिए।

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक   यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटा एका थिए।

‘प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। ओली ले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि ‘बढाए। उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्।

त्यसपछि ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्।

‘शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको एक पूर्वप्रधानन्यायाधीशले बताए।शपथ लिने भनेको संविधान र कानुनमा जे छ त्यही हो। आफू लाई जे मन लाग्छ त्यही भन्ने भए त शपथ नै किन लिनु पर्‍यो?

‘म संविधान र कानुनको अधिनमा छु भन्ने कुरा मान्नेले एकशब्द यताउता गर्न पाइन्न। त्यो नमान्ने हो भने अर्कै कुरा हो,’ उनले भने, ‘उहाँले शपथका क्रममा ‘यो पर्दैन’ भनेर आदेशात्मक भाषामा जसरी भन्नुभयो, त्यो त सरासर राष्ट्रपतिको अनादार हो।’

‘अमेरिकामा सन् २००८ मा पहिलोपटक राष्ट्रपति बनेका बराक ओबामाले भूलवश एउटा वाक्यांश यताउता पारेर पढेपछि दोहोर्‍याएर शपथ लिनुपरेको थियो।

‘अमेरिकी संविधानअनुसार शपथको भाषा तोकिएको हुन्छ। ओबामाले आफ्नो शपथको महत्वपूर्ण अंश ‘मैले निष्ठापूर्वक’ भन्ने वाक्यांश अघि नै बोल्नुपर्नेमा पछाडि बोलेका थिए। शपथ’को भाषा क्रम अनुसार नपढेको भन्दै उनले शपथ दोहोर्‍याएर लिनुपरेको थियो।

‘नेपालमै पनि २०६५ साउन ८ गते पूर्वउपराष्ट्र पति परमानन्द झाले लिएको शपथ विवादमा तानिएको थियो।

‘तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालीमा शपथ खुवाए पनि झाले हिन्दीमा उल्था गरेर पढेपछि विवादित भएको थियो। राष्ट्रपति, उपराष्ट्रपतिले लिने शपथको व्यहोरा संविधानमै लेखिएको थियो।

‘यो विवाद सर्वोच्च अदालतसम्मै पुग्यो। तत्कालीन प्रधान न्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम केसीको इजलासले उक्त शपथ संविधानसम्मत नभएको भन्दै बदर गरिदिएको थियो।उक्त इजलासले बराक ओबामाको शपथग्रहण दोहोरिएको घटनालाई पनि फैसलामा उदाहरणको रूपमा उद्धृत गरेको छ।

‘तत्कालिन संविधानले उपराष्ट्रपतिलाई हिन्दी भाषामा शपथ लिन छुट नदिएको उक्त इजलासले बताएको थियो। शपथ पूरा हुन कानुनले तोकेको अधिकारीसमक्ष वाचन अनि संविधानमा तोकिएअनुसार भाषा प्रयोग गर्न आव श्यक हुने फैसला उक्त इजलासले गरेको थियो।

‘उपराष्ट्रपति झाको शपथग्रहणमा यी दुवै कुरा पूरा नभए काले नेपालको अन्तरिम संविधान प्रतिकूल हुनुका साथै अन्तरिम संविधानको भावनाविपरीत रहेको उक्त इजलास को फैसलामा उल्लेख छ, ‘यस्तो संविधानविपरीत कार्यले संवैधानिक मान्यता पाउन नसक्ने हुँदा उपराष्ट्रपतिद्वारा गरिएको असंवैधानिक शपथ उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ।’

‘शपथ लिएको झन्डै एक वर्षपछि अदालतले बदर गरिदिए पछि नेपाली र आफ्नो भाषा दुवैमा शपथ लिन सक्ने गरी संविधान संशोधन गरिएको थियो।

‘अहिले प्रधानमन्त्रीले लिनुपर्ने शपथको भाषा यस्तो हुन्छ- ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि, ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्व भौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संवि धानप्रति पूर्ण वफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही, मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी,

‘पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, इमानदा रिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिला मा जानकारीमा आएको कुरा पदमा बहाल रहँदा वा नरहँ दा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संके त गर्ने छैन।’

‘नेकपा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बाट पदमुक्त भएको तीन दिनपछि बिहीबार राष्ट्रपति भण्डारीले पुन: प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

‘राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई ४२ औं प्रधान मन्त्री नियुक्त गरेकी हुन्। यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए।

‘वैकल्पिक सरकार बनाउन राष्ट्रपति भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादी लगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली अल्पमतको प्रधानमन्त्री बनेका हुन्। यसअघि उनी दुईतिहाइ बहुमतप्राप्त प्रधानमन्त्री थिए।

‘प्रधानमन्त्री ओलीले अब एक महिनापछि संसदमा विश्वा सको मत लिनुपर्नेछ। विश्वासको मत पाएनन् भने उनी फेरि पदमुक्त हुनेछन्। ओली पदमुक्त भएर संविधानको धारा ७६ को ५ अन्तर्गत प्रधानमन्त्री बन्ने अवस्था आउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News