काठमाडौँ – चीनले अनुदानमा दिएको अक्सिजन सिलि ण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामा जिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइ रल छ ।”यो भिडियो सार्वजनिक भएसँगै आ क्रो श पूर्ण प्रतिक्रिया आएका छन् ।

भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यसलाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

अक्सिजन सिलिण्डर घरमा भेटिएको घटनामा मुछिएकी सांसद हुन् गंगा चौधरी । उनी दाङकी एमालेकी सांसद हुन् ।”

उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् । उनले भनिन्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् ।

ती सिलिण्डर लिएर, म अहिले दाङ आइसकेको छु ।’ उन ले अस्पतालको माग फारम, स्वास्थ्य विभाग,ले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् ।”

अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना सं,क्रमणको भयावह अवस्था रहेको भन्दै उनले अक्सिजन सिलिण्ड रको जोहो गर्न आफूले प्रयास गरिरहेको बताइन्।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News