काठमाडौं– आज मदन–आश्रित स्मृति दिवस मनाइदैछ  । तत्कालीन  एमाले   महासचिव  मदन  भण्डारी  र  संगठन प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते सडक दुर्घटनामा परी निधन भएको थियो यी दुबैले  दिएको  योग दानको  सम्झनामा  नेपाल  कम्युनिष्ट  पार्टीले स्मृति दिवस मनाउदै आएको छ।

कोरोनाभाइरसको कारण  आज  उनको  सम्झनामा  गरिने कुनै कार्यक्रमहरु छैनन्  मदन भण्डारी र जीवराज आ’श्रित द्धढेको जीप चितवनको दासढुङ्गा भन्‍ने स्थानबाट  त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको थियो उक्त दुर्घटनामा परेका जीप चालक अमर लामा भने जीवित थिए तर पछि उनको पनि हत्या भएपछि घटना थप रहस्यमय बनेको थियो ।

यस घटना पश्चात तत्कालीन एमालेबाट  चार  जना  मनमो हन  अधिकारी,  माधवकुमार  नेपाल,  झलनाथ  खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका  छन् भने  उनकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति रहेकी छन् तर, सो घटना बारे जनताले विश्वास गर्ने गरी कुनै अनुसन्धान हुन सकेको छैन । जस कारण उनको ज्यान जाने गरी भएको सो घटना अझै रहस्यको गर्भमै रहेको छ ।

यो पनि:कर्णाली प्रदेश  सरकारको  मन्त्रिपरिषद्  पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश  प्रमुख  गोविन्दप्रसाद  कलौनीले  नियुक्ति,  हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन  गरेका  हुन् ।  प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् ।

श्री नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर    थापालाई  भौतिक  पूर्वाधार  तथा  शहरी विकास,  कुर्मराज  शाहीलाई  भूमिव्यवस्था,  कृषि   तथा सहकारी , सीताकुमारी  नेपालीलाई  आन्तरिक  मामिला, कानून, युवा तथा खेलकूद  र  गोपाल  शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ ।

यसैबीच प्रदेश प्रमुख कलौनीसँग  आइतबार भएको भेटमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई प्रदेश सरकारले कोरोनामहा मारीको रोकथाम र नियन्त्रणका लागि चालेका  थप  कदम बारे  तथा  प्रदेश  अस्पतालमा  ’डेडिकेटेड कोरोना उपचार संयन्त्र’ को व्यवस्था गरी प्रदेशलाई पर्याप्त हुने गरी अक्सि जन उत्पादनका काममा  सरकार लागिसकेको जानकारी दिए ।

प्रदेश प्रमुख कलौनीले जनताको  जीवनरक्षाको  कामलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्न र अपुअक्सिज नको तत्काल व्यवस्था गर्न सुझाव दिए ।उनीहरुबीच प्रदेश अस्पतालको  वर्तमान  क्षमता र अवस्थाबारे पनि छलफल भएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News