तिम्रो  नाममा  हाम्रा पूर्खाको समाधी स्थल भत्काएको छ ! त्यसैले हामी तिमीलाई स्मरण गर्न सक्दैनौ ! हाम्रो पूर्ख्यैली भुमी बन जंगललाई  विनाश  गरेर  तिम्रो  अमरत्वका लागि तिम्रो   नामको  रङ्गशाला  बनाएकोछ  त्यसैले  हामी  तिम्रो स्मृति दिवस मनाउदैनौ !मदन भण्डरी  तिम्रो  स्मृती  दिवस
हामी मनाउदैनौ !

असली ह’त्यारलाई उनमुक्ति दिन एउटा नि|र्दोष सवारी चालक आदिवासी पुत्र अमर  लामालाई तिम्रो ह”त्याको निराधर आरोपमा लगाएर नि’र्ममता पूर्वक उस्को ह’त्या गरिएको छ ! उस्का पत्नीलाई विधुवा र  बालबच्चालाई टुहुरो  बनाएकोले  तिम्रो स्मृति कसरी मनाउन सकिन्छ !

राजतन्त्र  वि’रोधी  तिम्रो आन्दोलन र तिम्रो जनताको बहुद लिय जनवादको राजनीतिक  दर्शनले  अधिकारी,  खनाल, नेपाल, ओलीलाई नेपालको प्रधानमन्त्री पटक  पटक  बना यो र तिम्रै श्रीमती २ पटक  रा’ष्ट्रपति  भयो ! तर  बिडम्बना तिमी  संगै कम्युनिष्ट आन्दोलनमा होमिएका सहना प्रधान, पदमरत्न तुलाधर र रत्नकुमार वान्तवलाई एक पटक

प्रघानमन्त्री नभै मृत्युवरण  गर्न  बाध्य  पारेकोले  तिमीलाई स्मरण  गर्न  सक्दैनौ !  तिमी  मरेपछि  पनि तिम्रो नामबाट हामी यतिका धेरै प्रताडीत भएकाछौ ! सायद तिमी जीवित भएको भए हाम्रो अवस्था के  हुन  थियो  होला  त्यस  तर्फ हामी परिकल्पना गर्न समेत चहादैनौ !

अन्तमा : जुन  दिन  तिम्रो  नामबाट  हाम्रा पूर्खाका समाधी भत्काउन बन्द हुन्छ र हाम्रा भूमीमा हाम्रै पूर्खाको नामबाट रङ्गशाला निर्माण हुन्छ त्यो  दिन देखि  तिम्रो  स्मृति  दिवस मनौला हाललाई तिम्रो स्मृति दिवस हामी मनाउन सक्दैनौ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News