
‘पत्रकारीतामा चर्चित नाम हो रवि लामिछाने । तर रवीले आफुलाई पत्रकार भन्दा पनि टेलि भिजन कार्यक्रम प्रस्तो ता भन्न मन पराउँछन् । उनको टेलिभिजन कार्यक्रम निकै चर्चित छ । कार्यक्रम चलाउने शैली र उनले साना ब्यक्ति हरु को बारेमा उठाएका आवाजका कारण उनलाई धेरैले मन पराउँछन् ।
‘अहिले उनको कार्यक्रम केही समयका लागि बन्द छ । टेलिभिजन छोडेपछि नयाँ योजना बनाउँदै गरेका रवि अहिले सामाजिक काममा लागेका छन् । नयाँ कार्यक्रम सुरु गर्न केही समय लाग्ने बताएका उनी महामारी का कारण सर्वसाधारणले उपचार नै नपाउने अवस्था आएप छि सामाजिक काममा लागेका हुन् ।
‘उनी अहिले आफुले निर्माण गरेको अस्पतालमा समेत पुगेका छन् । एकातिर अस्पताल बनाउँदै गरेका उनी अहिले विरामीको सेवामा पनि प्रत्यक्ष लागेका छन् । परिवारका धेरै सदस्य गुमाएका संक्रमितको परिवारलाई सहयोग गर्न उनीहरु अस्पताल पुगेका छन् । रवि लामिछा नेले दुई वर्ष अघि निकिता संग विवाह गरेका थिए । विवाह को वार्षीक उत्सवमा उनीहरु विरामीको सेवा गर्न अस्पता ल पुगेका हुन् ।
‘सहयोग लिएर रवि अस्पतालमै पुगेपछि संक्र मितहरु आफुले पाएको दुख सुनाएर रोएका थिए । उनले समस्या परेकाहरुलाई सहयोग माग्न पनि आग्रह गरे । परेको सम स्या संगै उपाय खोजौंला, चिन्ता नगर्नु हामी छौं भनेर उनले सान्त्वना दिएका थिए ।
यो पनि,,अक्सिजन र भ्याक्सिन खरिद,मा धेरै कमिसन, कसरी खाने भन्ने सोचमा, सरकार रहेकाे देउवाकाे आ’राेप,
‘काठमाडाैँ। कांग्रेस सभापति शेरबहादुर देउवाले अक्सि जन र भ्याक्सिन खरिदमा पनि सरकार को ध्यान कसरी धेरै कमिसन खाने भन्ने सोचमा रहेको आरोप लगाएका छन्। देउवाले अहिले स्वास्थ्य संकटकाल लगाउन आव श्यक नरहेको र कांग्रेसले त्यस्तो माग नगर्नेसमेत स्पष्ट गरे।”
‘कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार बागमती प्रदेशमा कोभिडको अवस्था र कांग्रेसको भूमिका विषयक भर्चुअल संवादमा देउवाले कांग्रेसले भ्याक्सिन खरिदका लागि नै सरकारले पटक–पटक ध्यानाकर्षण गराइरहेको बताए। ‘हामीले आवाज उठाइरहेका छौँ।”
‘तर, सरकारले सुन्दैन, हाम्रो कुरा मान्दैन,’ उनले भने, ‘बरु सरकारका स्वास्थ्यमन्त्री नै यस्तो महामारीका वेला समेत भ्याक्सिन र अक्सिजन खरिदमा पनि कसरी धेरै कमिसन लिने, कति पैसा कमाउने भन्ने कुरा सोचिरहेका छन्। यस्तो भएपछि के गर्ने ? सरकारलाई कमिसनको लोभ छ, पैसा चाहिएको छ । मन्त्रीकै ध्यान कमिसनमा देखिन्छ।
‘सभापति देउवाले सरकार भ्याक्सिन ल्याउने र जनताको जिउज्यान बचाउने कुरामा भन्दा पनि त्यहाँबाट कति कमाउने भन्नेमा केन्द्रित भएकोमा जोड दिए। ‘सबैजना लाई भ्याक्सिनको व्यवस्था सरकारले गर्नुपर्छ। यसका लागि हामी संसदमा कुरा उठाउँछौँ।
‘देशभरिबाट यो कुरामा जोड दिनुपर्छ, भ्याक्सिन नै अहिलेको आवश्यकता हो,’ उनले भने। देउवाले यस्तो वेला कांग्रेसले जनतालाई चाहिँ सचेत गराउनुपर्ने बताए।