
लमजुङ। लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनु सन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङ को भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार घरको गारो भत्केर भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन् भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।
लमजुङमै केन्द्र बनाएर फेरि भूकम्प गएको छ बुधबार बिहान लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भुल भुलेलाई नै केन्द्रबिन्दु बनाएर ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भू कम्प गएको थियो ।
भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिए को छ । काठमाडौं उपत्यकासहित बासिहरू पनि घर बाहिर निस्किएका छन् भूकम्पमा केही घर भत्किनुकासाथै केही स्थानीय घाइते भएका छन् ।
भूकम्पको केन्द्रविन्दु मस्र्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी होम प्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोक बेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जान कारी दिए दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उप चार भइरहेको छ ।