परासी — प’श्चिम नवलरासीको प्रतापपुर  गाउँपालिका- ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृ’त्यु भएको छ ! नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय  र  सुर क्षाकर्मीबीच  विवाद  हुँदा  सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर  घाइते भएका  प्रतापपुर  गाउँपालिका-६ का २२ वर्षीय अभिनास राजभरको मृ’त्यु भएको हो ।

तिघ्रामा गोली लागेका राजभरको उपचारका लागि  बुटवल सिटी अस्पताल लगिएको थियो अस्पलाल उपचारको क्रम मा मृ’त्यु भएको पश्चिम नवलपरासीका डीएसपी राजुलामा ले बताए ।नेपाल भारत सीमानाका बन्द रहेको अ’वस्थामा भारतजान खोजेका राजभरलाई सशस्त्र  प्रहरीले  नाकामा रोकेको  र  सोही  विषयमा  विवाद  हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।

पश्चिम  नवलपरासीका  प्रमुख  जिल्ला  अधिकारी  धर्मेन्द्र कुमार  मिश्रले  नेपाल भारत सिमानामा नजिकै   स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा  गोली चलेको बताए  । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन !

नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको थियो । स्थानीयले भने  सु’रक्षाकर्मीले बिनाकारण बल प्र’योग गरेर गोली चलाएको आरोप लगाएका छन् । सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका  छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News