प्रहरीले अक्सिजन सिलिण्डर कालो बजारी गरेको आरोपमा ललितपुरबाट तीन जनालाई पक्राउ गरेको छ। ‘मंगलबार राति पाटन अस्पताल वरिपरबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन!

अक्सिजन सिलिण्डर कालोबजारी गरिरहेको भन्ने विशेष सूचना आएपछि प्रहरीले उनीहरू लाई पक्राउ गरेको हो। उनीहरूले एउटा अक्सिजन सिलिण्डरको ४१ हजारसम्म लिने गरेको एसएसपी बज्राचार्यले बताइन्। पाटन अस्प ताल वरिपरि बस्ने। अनि आवश्यक परेका मान्छेहरू खो ज्दै आएपछि उनीहरूलाई लगेर धेरै मूल्यमा बेच्ने रहेछन्,’ एसएसपी बज्राचार्यले भनिन्,’सिलिण्डरको खासै किनबेच हुँदैन।

‘धरौटी जसरी पैसा डिपोजिट गरेर राखेर सिलिण्डर दिएर पठाउँछन्। तर उनीहरूले किनबेच नै गर्न खोजे।’ ललितपुर परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार पक्राउ पर्नेहरूबाट अहिले एउटा अक्सिजन सिलिण्डर बरामद भएको छ।

‘उनका अनुसार पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिकाका ४२ वर्षीय रामशरण घिमिरे, हेटौडा उपमहानगरपालिकाका ४२ वर्षीय नवराज खनाल र नुवाकोट विदुर नगर पालिका का ३९ वर्षीय रामकृष्ण घिमिरे छन्।

‘उनीहरू माथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरमा म्याद थप गर्न लगिएको छ। उनीहरूले अरू सिलिण्डरहरू पनि त्यसरी नै कालोबजारी गरे/नगरकोबारे थप अनुसन्धान गरिरहेको एसपी महर्जनले बताए।

‘पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि अक्सिजनको कमी हुन थालेको छ। अक्सिजनको कमी भएपछि प्रहरी नै खटिएर अक्सिजन सिलिन्डरको खोजी गर्न थालेको हो।’

‘त्यसैबेला अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
बजारमा प्लान्ट तथा उद्योगहरूले सिलिण्डरमा चार सयदेखि सात सयसम्ममा अक्सिजन भर्ने गरेका छन्।सेतोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News