‘राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । तत्कालीन नेकपा विभाज नपछि एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

‘उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपा ल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ   भिड्दै छन्। देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र,

‘जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको सहयोग छ।हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविमा जारी मतदानमा प्रदेशतर्फ मुख्य मन्त्री डोरमणि पौडेल र स्थानीय तहतर्फ धुलिखेल नगर पालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले सुरुमा मतदान गरेका छन्।

‘उपनिर्वाचनमा प्रदेशसभाका १ सय ९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित कुल ३ सय ४७ मतदाता छन्। प्रदेशसभामा एमालेको ५६, माओवादी केन्द्र २३, कांग्रेस २२, विवेकशील साझा पार्टी २, राप्रपा २, नेमकिपा २ र स्वतन्त्र एक गरी १ सय ९ मतदाता छन्।

‘स्थानीय तहमा एमालेको १३३, कांग्रेसको ६७, माओ वादीको ३३, नेमकिपाको २, राप्रपाको २ र जसपाको १ मत छ।प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ। वाग्मती प्रदेशमा १ सय १९ वटा स्थानीय तह छन्।

‘बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिनेछ। विद्यालयको पूर्वपट्टिको गेटबाट कोरोना पोजि टिभ मतदाता र पश्चिमतिरको गेटबाट अन्य मतदातालाई प्रवेश गराइएको छ।सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलका अनुसार तीनवटा मतपेटिका राखेर मतदान भइरहेको छ।

‘मतदान केन्द्र परिसरमा सरकारले तोकेअनुसार स्वास्थ्य मापदण्ड पालना गरिएको छ। सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ। प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि छुट्टा–छुट्टै मतपत्र छन्।

‘मतदान समय सकिएलगत्तै विद्यालयमै मतगणना गर्ने व्यवस्था मिलाइएको छ। ‘हामी साँझ ६ बजेसम्म मत गणना सम्पन्न गरिसक्ने छौं,’ उनले थपे।राष्ट्रिय सभा सदस्यको उपनिर्वा चनमा सहभागी हुन मतदाताले ७२ घण्टाभित्र कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।

‘कोभिड सं’क्रमण नदेखिएका प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’, पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षलाई ‘ख’ र कोरोना संक्रमण देखिएकालाई ‘ग’ बाट मतदान को व्यवस्था मिलाइएको प्रमुख निर्वाचन अधि कृत डिल्लीराम श्रेष्ठले जानकारी दिए।‘

‘पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मी लाई मात्रै मतदान र गणना केन्द्रमा खटाइएको छ,’ उनले भने। श्रेष्ठका अनुसार ७२ घण्टाभित्र कोरोना परीक्षणको रिपोर्ट नभएका मतदाताको हकमा मतदान केन्द्रमै एन्टि जेन मार्फत तत्काल परीक्षण भइरहेको छ।

‘कोरोना परीक्षणका लागि एक सयवटा एन्टि जेन्ट किट सहित चार जना स्वास्थ्यकर्मी खटाइए को उनले जानकारी दिए।श्रेष्ठका अनुसार उप निर्वाचनका लागि २४ जना कर्म चारी परिचालन गरिएको छ। कोभिड संक्रमित मतदाताले मत दान गर्ने केन्द्रमा खट्ने कर्मचारीका लागि पीपीई उपलब्ध गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News