जेठ, काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमाले का उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

यो पनि!’ आचारसंहिता उल्लंघनमा मुख्यमन्त्री पोखरेल लाई कारवाही ग र्न माग : ६ जेठ , बुटवल । राष्ट्रियसभा उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गर्न माग गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै एमालेका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत मागेकाले उनलाई कारवाही गर्न माग गरिएको हो ।मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जा ल फेसबुकमा स्टाटस लेख्दै थापालाई मतदान गर्न अपील गरेका थिए ।

नेपाली कांग्रेस , लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाको सचिवालय ले निर्वाचन आयोग लाई इमेलमार्फत पत्र पठाउंदै मुख्यमन्त्रीमाथि आचार संहिता उल्लंघ न गरेको कसुरमा कारवाही गर्न माग गरेका हुन् ।

‘आचारसंहिता विपरीत मुख्यमन्त्रीले नै अमूक उम्मे दवारलाई विजयी बनाउन मतदाताहरुलाई अपील गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ , निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत

सिद्धान्त विपरीत रहेको छ’ पत्रमा भनिएको छ, यसकारण निर्वाचन आचारसंहिता २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) वमोजिम मुख्यमन्त्रीलाई कारवाही गरिनुपर्छ ।’श्रोत:अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News