‘६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वा सको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत   लिने प्रक्रि यामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् ।

‘बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा भएको कुराकानी बारे उनले भने, ‘अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार उनीहरुलाई (विपक्षी दललाई)

‘नै सरकार बनाऊ भनेर राष्ट्रपतिलाई सिफारिस गरौं भन्नुभएको थियो ।’ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबै भन्दा ठूलो दल को संसदीय दल   को नेताको हैसियतमा प्रधान मन्त्रीमा नियुक्त भएका हुन् ।’यो व्यवस्थाअनुसार नियुक्त प्रधानमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्छ ।

यो पनि,,को हुन यी युवा? जस्ले ७ जना मन्त्रीको पत चट पारे पूरा पढ्नुहोस।

‘सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधिवक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् गराइदिएका छन् ।अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सांसद नरहेका व्यक्तिको नियुक्ति तत्काल बदर  को माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।’

‘रिटमाथि सुनुवाइपछि बिहीवार अन्तरिम आदेश जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सांसद नभएका व्यक्ति पटक–पटक मन्त्री हुन नमिल्ने आदेश गरेको छ ।मन्त्रीको हैसियतमा कुनै पनि कामकार बाही नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ ।’

‘सांसद नरहेको व्यक्ति पटक–पटक मन्त्री बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशपछि ७ मन्त्रीको पद गएको हो । संविधानको धारा ७६(३) अनुसार केपी शर्मा ओली प्रधा नमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्रीसँगै उनीहरूले पनि वैशाख ३१ गते शपथ लिएका थिए ।

‘वैशाख ३१ गते शपथ लिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीको मन्त्री पद बिहीवार गुमेको हो ।

‘माओवादीबाट एमाले प्रवेश गरेका उनीहरूको सांसद पद गुमेपछि यसअघि दोहोर्‍याएर मन्त्रीको शपथ लिएका थिए । वैशाख ३१ गते उनीहरूले तेस्रो पटक शपथ लिएका थिए ।

‘सांसद नै नरहेका मणि थापा र दावा लामाको पद पनि खारेज भएको छ । प्रतिनिधिसभा विघटनसँगै थापा र लामा मन्त्री बनेका थिए ।

‘अधिवक्ता विराज थापा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक समेत हुन् । उनले ल क्याम्पसबाट बीए एलएलबीको पढाइ पूरा गरेका छन् । उनी हाल भक्तपुर बस्दै आएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News