५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई बिहीबार दोहोरो झट्का लागेको छ । सर्वोच्च अदालतको आदेश मा गृहमन्त्रीबाट पदमुक्त भए को २ घण्टापछि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उनी परा जित भए । बादललाई एमालेकै माधवकुमार नेपाल समूहका उम्मेदवार डा. खिमलाल देवको टाले पराजित गरेका हुन् ।

‘देवकोटाले ५०८८ र बादलले ४०१४ मतभार पाए । देव कोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि समर्थन जनाएको थियो । बादल लाई भने एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र राष्ट्रि य प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान गरेका थिए ।राष्ट्रिय सभा उपनिर्वाचनको नतिजा भने पूर्वअनुमानित नै थियो। किनभने यो उपनिर्वाचन मा एमाले विभाजित बनेको थियो ।

‘माधव नेपाल निकट देवकोटाले उम्मेदवारी दिँदा माओवादी सांसद प्रस्तावक र कांग्रेस सांसद समर्थक बसेका थिए । यो नतिजाबारे बादल पनि जानकार थिए । त्यसैले सुरुमा उनी उम्मे दवार बन्न राजी भएनन् । तर उम्मेदवारी दर्ता गर्ने दिन (२४ वैशाखमा) हेलिकप्टर हेटौंडा पुगेका थिए ।

‘यस बीचमा नेता नेपालको मत लिन केही कसरत पनि भए । मंगलबार मात्रै बादल नेता नेपाललाई मनाउन कोटेश्वर पुगेका थिए । तर एमालेभित्र सहमति जुट्न नसकेपछि एमालेकै उम्मेद्वार देवकोटासँग सूर्य चिन्ह सहित मैदानमा उत्रिएका बादल पराजित भए ।

‘एमालेको सवै मत पाएका थिए भने बादल निर्वाचित हुने थिए । किनकि बागमती प्रदेश सभा र स्थानीय तहमा एमालेको बर्चश्व छ । ११० सदस्यीय प्रदेश सदस्य मध्ये ५६ र ११९ स्थानीय तहमा ११३ पदाधिकारी एमाले छन् । यो भनेको ५०८२ मत हो । तर राप्रपाको मत आउँदा पनि बादलले ४०१४ मत मात्रै पाए । यसको प्रष्ट अर्थ हो– नेता नेपाल समूहको मत बादलले पाएनन् ।

‘देवकोटाले भने नेपाल समूह, कांग्रेस र माओ वादीको मत पाए । २२ प्रदेश सदस्य र स्थानीय तहमा ६८ पदाधिकारी रहेको कांग्रेससँग २२८० र २३ सांसद र ३३ स्थानीय तह मा पदाधिकारी रहेको माओवादीसँग १६९८ मत छ । यो जोड्दा तीन हजार ९७८ मत पुग्छ । १३२ सिट रहे  को नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नै उम्मेद वार उठाएको थियो भने साझा विवेकशील तटस्थ बसे ।

‘अर्थात् एमालेकै उम्मेदवार देवकोटासँग पराजित भएसँगै बादल राष्ट्रियसभा सदस्य बन्न सकेनन् । जबकी २०७५ असार ५ गते राष्ट्रियसभा सदस्य को कार्यकालबारे टुंगो लगाउन गोला प्रथा हुँदा बादलले ६ वर्ष नै राष्ट्रियसभा सदस्य रहने गोला तानेका थिए ।

‘तर साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभा जन, सर्वोच्च अदालतको फैसला र स्वयं उनले लिएको निर्णयका कारण गएको ५ वैशाख  बाट बादल पदमुक्त भएका थिए । नेकपा को विभाजनमा ओलीतिर उभिएका बादललाई २३ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँतिएपछि स्वाभावि क रुपमा माओवादी केन्द्रको नेता बनेका थिए । तर बादल माओवा दीतिर फर्किएनन्, बरू पद गुमाउन तयार भए ।

‘माओवादीले केन्द्रले सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । बादल भने गृहमन्त्री सहित एमालेमै बसे । अतः उपनिर्वाचनको अवस्था आइलाग्यो र मतदानमा पराजित पनि भए ।

‘तर बिहीबार भने बादलले त्यही गृहमन्त्री पद पनि गुमाउनु परेको छ । राष्ट्रियसभा निर्वाचनको परिणाम आउनु (साँझ ५ः२२ बजे) भन्दा ठीक एक घण्टा अगाडि सर्वोच्च अदाल तले बादललाई गृहमन्त्रीका रुपमा काम नगराउने अन्तरिम आदेश दिएको थियो । यदि, उपनिर्वाचनमा उनले जितेका थिए भने फेरि गृहमन्त्रीमै बहाली हुने बाटो खुल्ने थियो ।

‘राष्ट्रियसभा सदस्यमा पराजय र गृहमन्त्रीबाट मदमुक्त भएका बादलको हैसियत अब एमाले नेता मात्रै रहेको छ ।

‘बादलले राजनीतिक जीवनको गौरवसँग जोडिएको माओ वादी पार्टी, राष्ट्रियसभा सदस्य पद र गृहमन्त्री गुमाएका छन् । जबकी माओ वादी उम्मेदवारका रुपमा १४ माघ २०७४ मा बागमती प्रदेशबाट ३३९६ मत सहित बादल सहजै निर्वाचित भएका थिए । यसको एक महिनामै माओवादी केन्द्रको नेतृत्व गर्दै (१५ फागुन २०७४ मा) बादल गृहमन्त्री बने ।

‘बादल माओवादी केन्द्रका शीर्ष नेता भएकैले पार्टीको नेतृत्व गर्दै सरकारमा जाने अवसर पाएका थिए । हुनपनि उनी ६ जेठ २०७३ मा मात्रै नेकपा माओवादी केन्द्र   मा फर्किएका हुन् । २०३७ देखि भूमिगत राजनीतिमा होमिए का र दश वर्षे माओवादी युद्धका एक योजनाकार मानिने बादल २०६९ पछि पुष्पकमल दाहाल प्रचण्डसँग अलग भएका थिए ।अनलाइनखवर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News