हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू  हुन्छन् घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी  छ  कि  छैन  भन्ने  विचार गर्दैनौं  केही  चीजहरू  घरमा  राख्दा एकदमै नराम्रो असर पुग्छ तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला

१  नटराजको  मूर्ति : नटराज  नृ’त्यकलाका  देवता  हुन्  । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा  नटराजको मूर्ति राखिएको  हुन्छ  । तर  नटराजको  मूर्तिमा  भगवान्  शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ ।ॐ  ॐ ॐ

२ ताजमहल:ताजमहल सुन्दर कलाकारिताको नमुना हो र यो प्रेमको पनि प्रतीक हो । यसको तस्वीर वा सानो प्रतिमा लाई धेरैजनाले घरमा राख्ने गरेका छन् तर ताजमहल  मुम ताजको चिहान पनि हो ।  यस्तो मृ’त्युको प्रतीकलाई घरमा राख्दा नकारात्मक ऊर्जा फैलिन्छ ।

३ डुब्दै गरेको जहाज:डुब्दै  गरेको  जहाजको  चित्र  घरमा राख्नुभयो भने तपाईंको सौभाग्य हराउँछ । यस्तो चित्र वा शोपीसले तपाईंका नातेदारसँगको सम्बन्ध बिगार्छ ।

४ जंगली जनावरको प्रतीक:आजकल जनावरहरूको कुनै सुन्दर   शोपीस,  खेलौना  र  गुडिया  बजारमा  पाइन्छन् । हेर्दाखेरी आकर्षक लाग्ने यस्ता शोपीसले तपाईंलाई  हानि गर्छन् । यस्ता चीज घरमा राख्दा घरका सदस्यको स्वभाव उग्र हुन पुग्छ । अनि घरमा क्लेश र हिंसा बढ्छ ।

५ महाभारत ग्रन्थ वा तस्वीर:महाभारत हिन्दू धर्मको सब भन्दा महत्वपूर्ण ग्रन्थ हो । यो पूजनीय छ । तर  यसलाई घरमा   राख्नु  अशुभ  हुन्छ  किनकि  यसमा  पारिवारिक झगडा र क्लेशको कथा  भनिएको  छ ।  यसलाई  घरमा राख्दा झैझगडा र तनाव हुन सक्छ ।

६ शंखका साथ रथ:घरको पूजाकोठामा  शंख  राख्नु  शुभ मानिन्छ  ।   शंखको   ध्वनिले   घरमा  सकारात्मक  ऊर्जा ल्याउँछ । तर रथका साथ शंख राख्नुभयो भने अशुभ हुन्छ । रथको उपयोग पुरानो जमानामा  युद्धहरूमा  गरिन्थ्यो  र शंखले युद्धको घोषणा गर्थ्यो । त्यसैले रथको शोपीसका साथ शंख नराख्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News