जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुर ले बिहीबार राति राष्ट्रपति निवासमा चिया  खान  मात्रै  गए को  दाबी  गरेका  छन् शुक्रबार बिहान जसपा संसदीय दल को कार्यालय सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले  बिहीबार  राति  राष्ट्रपति  निवासमा   राजनीतिक विषयमा छलफल नभएको बताएका हुन्।

बिहीबार  अबेर  राति प्रधानमन्त्री केपी शर्मा ओली, जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता  राजेन्द्र महतो  राष्ट्रपति  विद्या देवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। ठाकुर ले भेटघाट भएको स्वीकार गर्दै भने,  ‘भेटघाट  भएको  छ  राति। चिया खान गएको थिएँ। एक कप चिया खाएँ फिर्ता भएँ। स्वास्थ्य कस्तो छ  भनेर  सोध्नुभयो.  ठीक  छ  भनेँ। अहिले कोरोनाकै चिन्ता छ।’

त्यस्तै ठाकुरले उपेन्द्र यादव समूहसँग पनि छलफल भइरहे को बताए। ‘छलफल भइरहेको छ। हामी  निकास  दिन्छौं। उपेन्द्र  यादवसहित  पनि बस्छौँ,’ उनले भने।ठाकुरले आफू लाई अहिलेसम्म कतैबाट प्रधानमन्त्रीको प्रस्ताव  नआएको पनि  बताए। उनले  अहिलेको  सरकारले नागरितासम्बन्धी अध्यादेश, संविधान संशोधन गर्न कार्यदल गठन गरेर आफू हरुको माग पूरा गरिरहेको पनि बताए।

अध्यक्ष ठाकुरले जसपा  केन्द्रीय  कार्यालय  बालकुमारीमा दिउँसो उपेन्द्र  यादवहरुसँग  छलफल  गर्ने  बताए ।  उनले शुक्रबार  बिहान  मात्रै  पनि  यादवहरुसँग  भेटघाट भएको बताए। प्रधानमन्त्री केपी शर्मा  ओलीले  बिहीबार  ‘मौजुदा सरकार  लाई  वि’श्वासको  मत  प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्र पतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि  बढाउन अनुरोध गरेका छन्।

त्यसै  अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी  भण्डारीले  दल हरुलाई सरकार गठनका लागि आह्वान पनि  गरेकी  छिन्। प्रधानमन्त्री  ओलीलाई जसपाको ठाकुर-महतो समूह सघा उने  पक्षमा रहेको छ। तर प्रधानमन्त्री  र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै  प्रमुख  प्रतिपक्षी  दल  कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ। स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News