महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भी’डन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घा`इते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।

‘बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरूमाथि ढुङ्गामुढा गरेका थिए ।

‘करीब आधा घ’ण्टासम्म भारतीयहरुले गरेको ढुङ्गा मुढा बाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकाल को टाउको फु’टेको छ भने उनले लगाएको पोशाक (चुस्ता ) समेत ढुङ्गामुढा गर्नेहरुले च्या’तिदिएका छन् ।

‘यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफू हरुसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामल लगायतका वस्तुहरु

‘नेपाल ल्याउन शुरु गरेका व्यापारी’माथि बोर्डरमा खटिए का सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए । सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घा`इते भएका छन् ।

‘उनीहरुले आफूहरु महिनावारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् ।

‘त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारी हरूलाई कु’टपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढु’ङ्गामुढा गरेको बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News