वन तथा  वातावरण  मन्त्री  प्रेम  बहादुर  आले  हेलिकप्टर चढेर आफ्नो निर्वाचन क्षेत्र डोटी पुगेर अक्सिजन सिलिन्डर वितरण गरेका छन्। उनले आफ्नो व्यक्तिगत  तर्फबाट सय ओटा सिलिन्डर दिएका छन्  भने  बाँकी  केही  अक्सिजन सहयोग  मागेर  वितरण गरिदिएका छन्। उनको यस भन्दा अगाडि सार्वजनिक  कार्यक्रममा  बोल्दा  भएको  गल्तीको कारण धेरैले अक्सिजन मन्त्री लगायत अन्य विभिन्न उपमा दिएर धेरैले उडाएका पनि थिए।

त्यीनै मन्त्रीले आज आफ्नो  निर्वाचन  क्षेत्रको  लागि  भन्दै हेलिकप्ट र  चढेर  आफ्नो  नि’र्वाचन क्षेत्र पुगेर सिलिन्डर र बेड सहयोग गरेका छन्।उनले आफ्नो  म’न्तव्यको  क्रममा केपी ओलीलाई राजनेता भन्दै आफू दोश्रो पटक निर्वाचित भएर गैसकेपछी एक जना जनजातिको छोरालाई वन तथा वातावरण मन्त्रालयको  जिम्मेवारी  सुम्पिएकोमा  उहाँप्रति हार्दिक आभार पनि व्यक्त गर्नुभएको छ।उहाँले आफू मन्त्री भएको स्मरण गर्दै प्रधानमन्त्रीलाई त्यतिबेला आफूले  कहि ले  पनि  शीर निहुरिन दिने छैन भनेर प्रतिबद्धता जनाएको पनि बताउनुभयो।

उहाँले भन्नुभयो,”अहिले जताततै विश्वभर कोरोनामहामारी फैलिरहेको र विश्व नै यसको चपेटामा परिरहेको छ पहिलो पटक कोरोना फैलिरहँदा पनि त्यतिबेला मास्कसेनिटाइजर पिपिइको अभाव थियो।त्यो बेला पनि मैले आफ्नो  व्यक्ति गत तर्फबाट नेपाली सेनाको तर्फबाट  हेलिकप्टरमा  पठाए को  थिएँ।  अहिले  पनि अक्सिजन अभाव भैरहेको कारण आफू  मन्त्रालय  धाएर, एउटा  चाइनिज  कम्पनीसँग  कुरा राखेर कम्तीमा पनि मलाई सय ओटा अक्सिजन सिलिन्डर आवश्यकता छ भनेर पैसा जम्मा गरेको थिएँ।”

त्यसैगरी स्वास्थ्य सेवा बिभागबाट १५  ओटा  सिलिन्डर  र १० ओटा मात्रै बेड दिइएको थियो तर त्यतीले  मात्रै  पुग्दैन यहाँ  प्लान्टको  एकदमै  अभाव छ कम्तीमा पनि प्रदेशबाट पठाएको ७५ लाखको बजेटले मात्रै पर्याप्त हुने छैन  कम्ती मा  पनि  डोटी जिल्ला हिजोको क्षेत्रीय सदरमुकाम भएको नाताले यहाँ ठूलो प्लान्ट  लगाउनुपर्छ  भनेर  आफूले  अर्थ मन्त्री  स्वास्थ्यमन्त्री  र  प्रधानमन्त्री सँग समेत परामर्श गरेर १ करोड ५० लाख जतिको बजेट यहाँ बिनियोजन  भएको छ भन्दै उहाँले छिटोभन्दा छिटो  अक्सिजन  प्लान्ट  बनाइ दिनुहुन  त्यहाँ उपस्तिथित प्रमुख जिल्ला अधिकारी र अन्य उपस्तिथित स्थानीय  जनप्रतिनिधिहरूलाई  आ’ग्रह  समेत गर्नुभयो।

त्यसैगरी  त्यहाँ  उ’पस्थित  गाउँपालिका, नगर पालिकाका मेयर तथा अस्पतालमा  का’र्यरत  स्वास्थ्यकर्मीहरूले  पनि उहाँको उक्त कार्यको प्रशंसा गर्दै सबैजना कोभिडनियन्त्रण मा छिटोभन्दा छिटो लागेर महामारीमाको सामना गर्ने भन्दै प्रतिबद्धता समेत जनाएका छन्कृपया यसै  विषयमा  तयार पारिएको भिडियो तल दिइएको  छ  हेरेर  प्र’तिक्रिया  दिनु होला।धन्यवाद!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News