काठमाडौँ,११ जेठ: वन  तथा  वातावरणमन्त्री  प्रेमबहादुर आलेले  जिल्ला  अस्पताल  डोटीमा  वितरण गरिएका ७५ अक्सिजन   सिलिण्डरमध्ये  १५  स्वास्थ्य  सेवा   विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट  गरेका छन् !सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिए को नभई आफ्नै खर्चमा किनिएको बताए ।

उनले भने,  “अक्सिजन  नभएर  नागरिकले  ज्यान  गुमाइ रहेका  बेलामा  भ्रामक  समाचार  स’म्प्रेषण  हुनु   आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार  नगरिदिऔँ  ।”  महामारीका  बेलामा  आफ्ना नागरिकको ज्यान  बचाउनु नेताहरुको  धर्म र  क’र्तव्य भए को  जनाउँदै  आफूले  अन्य समयमा पनि बिरामी नागरिक लाई पटकपटक स्वास्थ्योपचारका  लागि  व्य’क्तिगत  देखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए ।

उनले  जिल्ला  अस्पताल  डोटीमा  चार  कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान  गरेको  बताउँदै  भने,  “म व्यापारी  होइन,  जनताको  सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।”

मन्त्री  आलेले  आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख  ५० हजार  मास्क  तथा सेती  प्रादेशिक  अस्पताल कैलालीमा  ५० थान  भरिएका अक्सिजन  सिलिण्डर र  ५० हजार  मास्क  प्रदान  गरेको उनको सचिवालयले  जनाएको छ । मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा  गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसकेका छन्

यो पनि:जनता  समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली ले  मध्यरातमा  प्रधान न्यायाधीश  लाई  आफ्नो  निवासमा बोलाउनु र विदेशी दूतले पटक  पटक  भेट्नु  लोकतन्त्रका लागि शुभसंकेत नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल  ट्विटरमार्फत  उनले  यस्तो  बताएका हुन् । प्रधानमन्त्री ओलीले हिजो मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भेटेको भन्ने  समाचार  आए  पछि डा. भट्टराईले यस्तो बताएका हुन् उनले लेखेका छन् प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा  निवास  बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रका लागि शुभसंकेत हैनन्! खिलराज  रेग्मी  प्रकरण  अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन राज्यका प्रमुख अंग  धुजाधुजा  पारेर  संविधान/ लोकतन्त्र मास्ने खेल पूरा नहोस्!”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News