विस्फोटक पदार्थ, चोर, अ’पराधी  आदि  पत्ता  लगाउनका लागि  तालिम  प्राप्त  कुकुर  परिचालन  गर्ने   गरिएको  छ सामान्य नै हो । तर थाइल्याण्डमा  चाहिँ  कोरोना  भाइरस सं’क्रमित पत्ता लगाउनका लागि कुकुर परिचालन गरिएको छ । थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन भन्दै ६ वटा लाव्राडोर  कुकुर  परिचा लन सुरु गरेको छ ।

पछिल्लो समयमा  कोरोना भाइरस  सं’क्रमणको  दर  उच्च रुपमा  बढेको र  नि’र्माणस्थल,  भिडभाडयुक्त  वस्ती  तथा ठूला बजार  क्षेत्रमा संक्रमितको संख्या  उच्च रहेको देखिए पछि सरकारले संक्रमित मानिसहरु छिटो भन्दा छिटो पत्ता लगाउन सकिने आशामा तालिमप्राप्त कुकुर परिचालन गरे को हो ।

कोरोना भाइरस सं’क्रमितको शरीरबाट आउने पसिमा  हुने विशेष खालको  गन्ध  पहिचान  गर्न  सकिने  घ्राण  क्षमता भएका ती कुकुरहरुलाई बैंकक चुलालोंकोर्न विश्वविद्यालय को पशुस्वास्थ्य विभागमा तालिम दिइएको थियो ती कुकुर हरुको नाम एन्जेल, बबी तथा ब्राभो  लगायत  रहेको  छ ।

गत मे १० यता यी कुकुरहरुले हालसम्म १ हजारभन्दा धेरै नमुनाहरू परीक्षण गरिसकेको बताइउको छ । कुकुरहरुले संक्रमण पत्ता लगाउने दर पनि प्रभावकारी देखिएको छ । शंकास्पद संक्रमित मानिसहरुको पसिनाको नमुना धातुको भाँडोमा राखेर कुकुरलाई सुँघ्न दिइन्छ

र कुकुरले संक्रमित भएका र नभएका मानिसहरुछुट्टाउँदछ । सं’क्रमित मानिसको पसिनाको नमुना सुँघेर सुँघेर त्यसकै अगाडि   कुकुर  टुसुक्क  बस्दछ  भने  सं’क्रमित  नभएका मानिसको पसिनाको नमुना सुँघ्दै अगाडि  बढ्दछ यसअघि फिनल्याण्ड, युएइ,  जर्मनी तथा  भारत  लगायतका  देशले पनि  कोरोना  भाइरस  सं’क्रमित  पत्ता  लगायतका  लागि कुकुरको प्रयोग गर्ने गरेका छन् । स्रोत अन्लाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News