
एमालेकाे घरमा कांग्रेसकाे डकैती :गाेकुल बाँस्काेटा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको घरमा कांग्रेस ले डकैती हानेको बताएका छन् । माधवकुमार नेपाल पक्ष का सांसदको सहारामा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार बनाउन खोजेकोप्रति बाँस्काेटाले टिप्पणी गरेका हुन् ।
बिहीवार सामाजिक सञ्जाल ट्विटरमा नेता बाँस्कोटाले कांग्रेसले निर्दलीयताको प’क्षपोषण गरेर लोकतन्त्रको गीत गाउने हक गुमाएको बताएका छन् । उनले लेखेका छन्, ‘एमालेको घरमा कांग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन् भन्ने ? कांग्रेसले निर्दलीयताको प’क्षपोषण गरे काले लोकतन्त्रको गीत गाउने हक गुमायो ।
७६ को ५ ले स्पष्ट रूपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ, सांसदहरूको स्वतन्त्र समर्थनलाई अस्वीकार गरेको छ । २ र ५ जोडेर हेरौ न ।’
यो पनि: प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो एकल इजलासमा राखेका छन्। बिहीबार पेशी तोक्दा प्रधान न्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् ।
सर्वोच्च अदालत प्रशासनले दिएको जानकारी अनुसार राणाले बिहीबार १९ रिटको सुनुवाइ गर्दै छन्। राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ। संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहे को भन्दै संसद वि’घटन गरी मध्यावधि नि’र्वाचन घो’षणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।