
काठमाडाैं नेकपा एमालेकी सांसद गंगा चाैधरीले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा केही प्रश्न गरेकी छिन् । उनले ‘मैले नबुझेका कुरा’ भनी सामाजिक सञ्जालमार्फत केही प्रश्न गरेकी छिन् । उनले संसद विघटनवि’रुद्ध परेकाे मुद्दाका बारेमा प्रश्न गरेकी हुन् । बसांसद गंगा चौधरीओ प्रश्न: देउवा प्रधानमन्त्रीमा नियुक्ति भए चाहिँ प्र’क्रिया मिल्थ्यो?
उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सम्बन्धमा अदालतको निर्णयलाई पर्खने धैर्यता नराखी अदालतलाई प्रभाव पार्ने दुराशयले राजनीतिक आग्रह पूर्वाग्रह राखी राजनीतिक खोल ओढेका विभिन्न भूतपूर्व पदाधिकारीहरु, कथित नागरिक समाजका व्यक्ति तथा समूहहरुले अति जान्ने सुन्ने भएर वक्तव्यबाजी गरेकाे भनी आपत्ती पनि जनाएकी छिन्
⁃ सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मु’द्दाको स’म्बन्धमा अदालतको नि’र्णयलाई पर्खने धैर्यता नराखी अदालतलाई प्रभाव पार्ने दुराशयले राजनीतिक आ’ग्रह पुर्वाग्रह राखी राजनीतिक खोल ओढेका विभिन्न भूतपूर्व पदाधिकारीहरु, कथित नागरिक समाजका व्यक्ति तथा समूहहरुले अति जान्ने सुन्ने (अजासु) भएर वक्तव्यबाजी गर्नु जायज/ शोभनीय हो र ?
⁃ न्यायिक सर्वोच्चतामा विश्वास राख्दै अदालतमा प्रवेश पाइसकेका विषयहरुको सम्बन्मा न्यायिक निरुपण हुने कुरामा अदालत प्रति भरोसा राख्नु पर्ने होइन र ?
⁃ एकातिर प्रधानमन्त्रीले विश्वासको मत नलिइ वा राजीना मा नदिइ मार्ग प्रशस्त मात्र गरेको आधारमा अर्को सरकार गठनको प्रक्रिया शुरु गरेको मिलेन भन्ने अनि त्यही प्रक्रिया मा भाग पनि लिने के यो दोहोरो मापदण्ड भएन र ?
⁃ अनि के शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भए चाहीँ उक्त प्रक्रिया मिलेको मानिन्थ्यो त ?
⁃ अहिले एउटा सेरेमोनियल राष्ट्रपतिलाई आफूले भने जस्तो भएन भनेर जुन चरित्र हत्या र मान मर्दन गरिएको छ के पुरुष राष्ट्रपति भएको भए यति सारो मान मर्दन गरिन्थ्यो ?
⁃ के यो पितृ सत्तात्मक सोचको उपज होइन र ?