काठमाडौं, जेठ १५ । संसद् विघटन पछि उत्पन्न जटिल” अव’स्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८ (७९ को बजेट सा’र्वजनिक हुँदै छ आ”ज “दिउँसो ४ बजे” सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदै छ

स्रोतका अनुसार कोरोना महामारीबीच आगामी आवका लागि ल्याइने ‘सिलिङ’ बजेट करिब १६ खर्ब हाराहारी छ । संसद् विघटन भएकाले यसपपटक सरकारले ‘नीति तथा कार्यक्रम’ भने ल्याउन सकेन ।संविधानअनुसार नयाँ बजेट सार्वजनिक हुनुअघि कम्तीमा १५ दिनअगाडि प्रिबजेट’बारे छलफल हुनुपर्ने थियो ।

सोही छलफलपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने प्रावधान थियो । तर, सरकारले ‘प्रिबजेट’ छलफलै नगरी पुनः संसद् विघटन भएसँगै अध्यादेश “मार्फत नयाँ बजेट ल्याउन लागिएको हो।विगत वर्ष दुवै संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने परम्परा रहेकोमा

यसपपटक विघटन भएकाले वैकल्पिक उपाय अपनाइए को छ । जटिल अवस्थाकाकै कारण बजेट भाषणभन्दा एक महिनाअघि ‘नीति तथा कार्यक्रम’ राष्ट्रपतिबाट प्रस्तुत गर्ने प्रचलनसमेत तोडिएको छ । यसअघि, नीति तथा कार्य क्रममा टेकेर बजेट निर्माण हुने गरेको थियो र ।’सं”क्रमण

कालीन अवस्था मध्यनजर गर्दै सरकारले बजेट भाषणका अन्य प्रक्रियामा छाँटकाट गरेको छ । संविधानको धारा ११९ को उपधारा (३) अनुसार सरकारले हरेक वर्ष १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्छ । सोही संवैधानिक प्रावधानअनुसार सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

सरकारले संसद् विघटन गरी निर्वाचन घोषणा गरेकाले बजेट निर्माणसम्बन्धी संसदीय प्रक्रिया अघि बढ्न पाएनन् । जसका कारण पूर्ण बजेट सार्वजनिक गर्नुुअघि हुनुपर्ने प्रक्रिया तथा छलफलसमेत हुन नपाएको बताइएको छ ।
सामाजिक सुरक्षा भत्ता र श्रमिकको न्यूनतम पारिश्रमिक

वृद्धि र राष्ट्रसेवक कर्मचारीको तलब केही बढाइने विशेष गरी कोरोना रोकथाम र आर्थिक पुनरुत्थानसहितको पूर्ण बजेट आउने सरोकारवालाको अनुमान छ।यसपटक निजी क्षेत्र एवं व्यवसायीलाई पनि चिढ्याउने गरी कर नीति तयार नगरिएको अर्थ मन्त्रालय स्रोतले बतायो कर दायरा बढाउन प्रयास भने गरिएको छ ।

स्रोतका अनुसार बजेटमा महत्वपूर्ण दर यथावत् राखिएको छ । निजी क्षेत्रलाई असर गर्ने आयकर मूल्य अभिवृद्धि कर ९भ्याट० दर यथावत् छ । राजधानी दैनिकबाट यो खबर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News