१५  जेठ, काठमाडौं  ।  राष्ट्रपति  विद्यादेवी  भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने उनको आग्रह छ ।

चौधौं गणतन्त्र दिवसका अवसरमा  सबै  नेपालीलाई  शुभ कामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् राष्ट्रपति भण्डारीले संविधानले  परिकल्पना  गरेको  समाज वादोन्मुख  राष्ट्रिय  अ’र्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे की छन् ।

यसैगरी  उपराष्ट्रपति  नन्दबहादुर पुनले गणतन्त्र दिवसका अवसरमा शुभकामना  सन्देश  दिँदै पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशा वादी रहेको  बताएका  छन् । सार्वभौम संविधानसभाबाट जारी   संविधान,  जनअभिमत,  जनताको  सर्वोच्चता  र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने उनको विश्वास छ ।

राजनीतिक समस्याबीच पनि  सरकार,  राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर  संक्रमितको  प्रभावकारी  उपचारमा  एकजुट भएर लाग्न उपराष्ट्रपति  पुनले  अपिल  गरेका  छन् । स्रोत अन्लाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News