काठमाडौं : एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछि ल्लो वर्ष कोरोना म’हामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ ।असजिला र बढी च’ट्टानी भाग कोरोना कालमै चिर्न सफलता प्राप्त भएको छ ।

‘हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा सपना जस्तो लागेको बताउँछन् ।“यति असजिलो भीरमा पनि सडक बन्छ भन्ने कुरा पत्यार थिएन तर सफल भयो।

‘देशभर को’रोनाका का’रण विकास निर्माण ठप्प हुँदा पनि हुम्लामा सडक पु¥याउन काम रोकिएन,” मल्लको भनाइ छ। पाँच वर्षअघि कर्णाली करिडोरको जिम्मा नेपाली सेनाले पाए पछि काममा तीव्रता पाएको उनले उल्लेख गरे ।

‘सो सडकको हुम्ला खण्डमा कवाडीदेखि सलीसल्ला सम्मको ३९ किलो मिटर क्षेत्रमा २०७३ चैत ९ गतेबाट सेनाले काम सुरु गरेको थियो ।को’रोना सङ्क्रमण सुरु भएयता सेनाले सडक निर्माण कार्यलाई झनै तीव्रता दिएको थियो।

‘रात दिन नभनी कोरोना कहरमै पनि काममा तीव्रता दिँदा सेनाले हुम्ला खण्डमा आफ्नो जिम्मा रहेको सडक निर्माण गर्न सफल भएको स्थानीयवासीको भनाइ छ । यो समा चार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News