काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो को’रोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहे को दाबी दोहोर्याउनु भएको छ। गणतन्त्र दिवसको अवस रमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्रीओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमि तको उपचार निःशुल्क गरिरहेको,

‘निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको, जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क नगरेको जिकिर गर्नुभयो ।ओलीले आउँदो चुनाव भन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गर्नुभयो ।

‘गणतन्त्रलाई नागरिकको जीवनसँग जोडेर अघि बढ्न सम्पूर्ण प्रयासहरू केन्द्रित रहेका र विकासका चौतर्फी अभियान अघि बढेका प्रधानमन्त्री ओलीको दाबी छ ।

‘सेवाप्रवाहमा व्यापक सुधार सहित नागरिकमा सन्तुष्टि बढ्दै गइ विकास, समृद्धि तथा सुशासनका सबै आयामहरू तथा विश्वप्यापी परिसूचकहरूमा उल्लेख्य सुधार आउनुले देश सही दिशातिर अगाडि बढेको नै स्पष्ट भएको ओलीको भनाइ छ।

‘आवधिक चुनाव लोकतन्त्रको आधारभूत पक्ष भएकाले आउँदाे कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा आम चुनावको घो’षणा गरिएको र चुनाव भएरै छाड्ने ओलीले बताउनुभयो।

‘चुनाव नहुने भ्रम नछर्न विपक्षी दललाई आग्रहगर्दै ओलीले सरकार निर्धारित समयमा नै स्वच्छ, नि’ष्पक्ष र स्वतन्त्र रुपमा चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको दोहोर्याउनु भयो ।

यो पनि,,प्रत्येक नेपालीको टाउकोमा ५२ हजार ऋण पुग्यो

देशको ऋ’ण तीन वर्षमा दोब्बर : आठ खर्ब ४३ अर्बबाट बढेर १५ खर्ब ८९ अर्ब। प्रत्येक नेपालीको टाउकोमा तीन वर्षअघि २८ हजार, अहिले ५२ हजार ऋण।प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षे कार्यकालमा मुलुकको ऋ’णभा’र करिब दोब्बरले बढेको छ ।

ओली प्रधानमन्त्री नि’यु’क्त हुँदा फागुन ०७४ मा मुलुकको कुल ऋ’ण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनमात्यो बढेर १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो । तीन वर्षको अवधिमा मुलु कको खुद सार्वजनिक ऋ’ण सात खर्ब ७६ अर्ब रुपैयाँ बढेको हो, जुन ८८ दशमलव पाँच प्रतिशतको वृद्धि हो ।

कुल गार्हस्थ्य उत्पादनमा ऋ’णको हिस्साको वृद्धि पनि यसबीचमा उच्च दरमा भएको छ ।आर्थिक वर्ष ०७४–७५ मा सरकारले तिर्न बाँकी खुद ऋ’ण कुल गार्हस्थ्य उत्पादन को साढे २४ प्रतिशत रहेकोमा अहिले त्यो बढेर ३७.३ प्रति शत बराबर पुगेको छ ।

०७४ मा प्रत्येक नेपालीको भागमा २८ हजार सात सय ७९ ऋण रहेकोमा त्यो बढेर ५२ हजार तीन सय ७५ पुगे   को छ ।सरकारले ऋण लिएको रकम पूर्वाधार विकास र ठूला प’रि’योजनामा लगाउनुपर्ने हो ।

तर, मुलुकलाई ऋ’णको भा’समा पुर्दै लगे पनि त्यो ऋ   ’ण विकासमा खर्च भएको भने छैन । यो तीन वर्षमा सार्वजनिक ऋणको आकार सात खर्ब ७६ अर्ब रुपैयाँ बढेको छ । त्यही अवधिमा मुलुकको पुँ’जीगत खर्च भने पाँच खर्ब ६६ अर्ब रुपैयाँ मात्रै भएको छ ।

यसको अर्थ यसबीचमा सरकारले एक खर्ब ८० अर्ब        रु पैयाँ ऋण लिएर तलबभत्ता,सवारीसाधन किन्न एवं प्र’शा’स’निक काममा खर्च गरेको देखिन्छ ।हाल तिर्न बाँकी खुद ऋणमध्ये आन्तरिकतर्फ सात खर्ब १७ अर्ब ५० करोड र बाह्यतर्फ आठ खर्ब ७१ अर्ब ९५ करोड रहेको छ ।

सार्वजनिक ऋणमा आन्तरिक र बाह्य ऋणको अनुपात ४५.१ प्रतिशत र बाह्यतर्फ ५४.९ प्रतिशत रहेको छ ।चालू आर्थिक वर्षको आठ महिनामा मात्रै सरकारले एक खर्ब १२ अर्ब ५२ करोडबराबरको आन्तरिक ऋण र ८५ अर्ब दुई करोड रुपैयाँ वैदेशिक ऋ’ण प’रि’चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News