‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै ग’म्भिर छ। डाक्टरहरूले सकेको गरि रहेका छन्। डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुक हरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवा  र अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!रबिद्र मिश्रको वालबाट।

यो पनि,,उ’ज्वलको परिवारले अ’स्वीकार गर्‍यो   दुर्गा प्रसाईंको सहयोग’१५ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ । शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचचाररत उज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए ।

‘तर शनिबार नै परिवार, साथी र शुभेच्छुकहरू को तर्फबाट थापाको स्वास्थ्य अवस्थाबारे जान कारी दिन जारी गरिएको प्रेस नोटमा उक्त सह योग अस्वीकार गरिएको होउज्वल थापाको परि वार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च

‘व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ प्रेस नोटमा भनिएको छ ।

‘थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको छ ।’

अमेरिकाबाट ३६ करोड बराबरको सहयोग सामग्री लिएर आएको विमान आज काठमाडौं अवतरण गर्दै

‘काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय सहयोग संस्था डाइरेक्ट रिलिफले नेपालको लागि पठाए को सहयोग सामग्री आज काठमाडौं आउँदैछ । डाइरेक्ट रिलिफले अहिले ३.०९ मिलियन डलर (३६ करोड रुपैयाँ) बराबर  को सहयोग सामग्री पठाएको आफ्नो वेबसाइट मार्फत जानकारी दिएको छ ।

‘अमेरिकाको शिकागोबाट उडेको जहाजमा ८६० अक्सि जन कन्सन्ट्रेटर छन् । साथमा १ भेन्टिलेटर, कोभिड १९ को उपचारका प्रयोग गरिने अत्यावश्यक औषधिहरु तथा पीपीइ किट, मास्क लगायतका अन्यस्वास्थ्य सम्बन्धी उपकरणहरु छन् ।

‘यसबाहेक डाइरेक्ट रिलिफले नेपालमा मेडिकल अक्सिज नको आपूर्ति सहज बनाउन हेटौंडाको सिद्धस्थली सामुदा यिक अस्पताललाई अक्सिजन प्याल्ट स्थापना गर्न आर्थि क सहयोग गर्दैछ ।

‘पठाइएका सामग्रीहरु थ्रिएम, एबभाइ, ब्याक्सटर, बीडी, हिक्मा फार्मास्युटिकल्स, फाइजर, टाकेडा फार्मास्युटिक ल्स, टेभा फार्मास्युटिकल्स, टिफी ह्युमानिटेरियन, भियाट्रि स लगायतका कम्पनीहरुले सहयोग गरेका हुन् ।

यो पनि,,जहाज चार्टर्ड गरेर बेलायतले पठायो २६० भेन्टिलेटरसहित सहयोग सामग्री

‘बेलायतले कोरो’ना भाइरस’विरू’द्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमान स्थलमा अवतरण गरेको छ।

‘जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदये  श त्रिपाठीलाई हस्तान्तरण गरिन्। प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत पोलिटले सहयोग सामग्रीबारे विमानस्थलमै भिडिओ पनि बनाएकी छन्।

Just received 🇬🇧 essential medical supplies to help #Nepal in the covid crisis. @tariqahmadbt @FCDOGovUK @DominicRaab @UKinNepal pic.twitter.com/xOLyQqz64n

— NicolaPollitt (@NicolaPollittUK) May 28, 2021 स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए। राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्।

‘बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन्। सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ।

‘यसअघि बेलायती उपल्लो सदनमा नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्नेबारे छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News