उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ।डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश-विदेशबाट  प्राप्त  शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवारअत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि  प्रार्थना  गर्दै  रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!

नेपालमा  वैकल्पिक  राजनीतिलाई  स्थापित गर्न  भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील  साझा  पार्टीका  पूर्व  संयोजक  उज्वल  थापा करिब  दुई  हप्तादेखि  कोरोना सं’क्रमित भई अस्पतालमा उपचार गराइरहनु भएको तपाईंहरूलाई  अवगतै  छ । यस क्र’ममा  अहिले  नेपाल  मेडिसिटी  अस्पतालमा  ECMO प्र’विधिबाट  उहाँको  उपचार  भैरहेको  जानकारी  गराउन चाहन्छौँ ।

चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि  परिवारको  सहमतिमा उहाँका साथी तथाब शुभचिन्तकहरूले क्राउडफन्डिङबाट  आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ। यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ ।

त्यस खातामा सहयोग  गर्ने  उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ। उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ।

सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री  दुर्गा  प्रसाईंले  भन्नुभएको  भन्ने सञ्चार  माध्यममा  प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ ।

हाल उज्वल थापाको  परिवार,  आफन्तजन,  साथी  तथा शुभेच्छुकहरूबाट  प्राप्त  सहयोगले  नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग  आवश्यक  नपर्ने  व्यहोरा  जानकारी गराउँदछौँ।

रबिन्द्र मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News