‘विराटनगर । विराटनगर–९ स्थित अस्पताल चोकमा सञ्चालित औषधि पसलहरुले औषधि को नाममा विरा मीलाई ठगी गरेको उजुरी परे पछि अनुगमन गरेर तीन वटा औषधि पसल बन्द गरिएको छ । औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरको टालीले सोमबार अनु गमन गरेर टाइम्स फर्मा, रियाङशी मेडिको र बोर्ड नराखिएको एउटा फार्मेसी बन्द गराएको हो ।’

‘अनुगमन टोली आएको थाहा पाएपछि बोर्ड नटासिएको औषधि पसल बन्द गरेर सञ्चालक भने फरार भएका थिए ।अनुगमनका क्रममा लाइसेन्स प्राप्त व्यक्तिलाई नभेटिए पछि दुइवटा र्फामेसीको बि’क्रीमा रोक लगाइएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जिव शर्मा कट्टेलले जानकारी दिए ।’

‘उनले बोर्ड नराखी फार्मेसी सञ्चालन गर्दै आएका औषधि व्यवसयी शंकर यादव फार्मेसी बन्द गरेर फरार भएका र उनको खोजी कार्य भइरहेको जानकारी दिए ।’

‘उक्त फार्मेसीहरुले विरामीलाई औषधिमा बढी मूल्य लिएर ठगी गरेको र फार्मेसीमा सम्बन्धित व्यक्ति नबसेर जो कोहीले औषधि बेच्ने गरेको पाइएको छ ।’

‘लाइसेन्स प्राप्त व्यक्ति बाहेक अन्य व्यक्तिले औषधि बेच्न नपाउने नियम छ तर, अनुगमन का क्रममा विराटनरमा सञ्चा लित केही औषधि पसलमा विना लाइसेन्सका व्यक्ति हरुले नै औ षधि विक्री गरिरहेको पाइएको निमित्त प्रमुख कट्टेलले जानकारी दिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News