काठमाडौँ,१८  जेठ:  कृषि  तथा  पशुपन्छी  विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पा दनमा आत्मनिर्भर बन्ने बताएकी छिन् । विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको  भर्चुअल  कार्यक्रमा  मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध  अपुगको  अहिलेको  अवस्थालाई  दुई  वर्षभित्र पुरा गर्छौ भनिन् ।

मन्त्री अर्यालले दूग्ध  र डेरी  क्षेत्रलाई  प्रोत्साहन  गर्ने  गरी बजेट आएकोसमेत बताईन्। कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको  भन्दै  उनले  यस  विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल  भएको र  बजार सँग  जोडिएका   कुरालाई   सहजीकरण   गर्ने  दि’शातर्फ सरकार अगाडि बढेको  बताईन्  ।  डिडिसीले दैनिक  एक लाख लिटर दूध सङ्कलन गर्नुुपर्ने  अवस्था भए पनि अहि लेका  अवस्थामा  ९०  हजार  लिटर  दैनिक सङ्कलन गर्दै आएको भन्दै उनले बजार  खुलेपछि  खपत  बढाउने  गरी काम गर्न निर्देशन दिईन् ।

यो  पनि:  वन  तथा  वातारणमन्त्री  प्रेमबहादुर  आलेले सामुदायिक वनको माध्यमद्वारा स्थानीय  समुदायले वन क्षेत्रको संरक्षण गरेका कारण नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम भएको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता  महासङ्घको २६  औँ  स्थापना दिवशका अवसरमा  आज आयोजित भर्चुअल कार्यक्रममा मन्त्री आलेले आलेले नेपालको वन  संरक्षण तथा व्यवस्था पनमा महासङ्घले महत्वपूर्ण  भूमिका खेलेकामा  प्रशंसा गरे । उनले भने, “महासङ्घले वन जोगाउन र संरक्षण गर्न खेलेको भूमिका प्रशंसनीय छ, उपभोक्ता तथा समुदायकै कारण अहिले नेपालमा वन जोगिएको हो ।”

मन्त्री आलेले ‘हरियो वन, नेपालको धन’ भन्ने नारा साकार पार्न सबैले  वन  क्षेत्रको  संरक्षण  तथा  हरियाली  बनाउन आवश्यक रहेको बताए ।  पछिल्लो समय  नेपालको  सामु दायिक  वन  संरक्षणको  अभ्यास विश्वभरि नै परिचित भए को भन्दै मन्त्री आलेले उक्त कुराले गर्वको अनुभति भएको उल्लेख गरे ।-रिपोटर नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News