
‘काठमाडौ । खाडीको देश र मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले अब पाँच दिन अनिवार्य होटेल क्वरेण्टीन मा बसे पुग्ने भएको छ । होटेल क्वारेन्टिनको अवधि पुरा गरेपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपनि थप १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।’
‘महामारीको जोखिमका कारण बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो । जसमा खाडी मुलुकवाट आउनेहरुका लागि अनिवार्य ५ दिन होट ल क्वारेन्टिन र त्यसपछि १० दिन होम क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ ।’,
‘आज मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडी को मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको हो । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइए को छ । अन्य यात्रुका लागि तोकिएको मापदण्ड पुरानो यथावत राखिए को छ । जुन नेपाली र विदेशीका लागि लागू गरिएको छ ।,
‘आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्व रेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ ।’
‘१० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्ष ण बाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन् । आफ्नो धर्म, रीतिरि वाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सि धै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टी नमा बस्नपर्छ ।’
‘सरकारले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतोकिने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वरेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो । पर्यटन मन्त्राल यले होटेल क्वरेण्टीनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डलाई दिएको छ ।;
‘दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिस का आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ ।’
‘७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबा लक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्म चारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफा रिसमा जान दिइने भएको छ ।’