नारायणहिटी राजदरबारमा २०५८ जेठ  १९  गते  शुक्रवार राति घटेको घटनाको यथार्थ तथ्य संकलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घ’टना  प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित एवं  शाहीरक्षकहरू लगाय तका  उद्धारकार्यमा  संलग्न  व्यक्तिहरू,  उपचार   कार्यमा संलग्न चिकित्सकहरू लगायत व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गरियो ।

यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरू बाट  खुल्न  आएको  तथ्यका  सन्दर्भमा  बुझ्न  आ’वश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवंसम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानबिनबाट निम्न बमोजिमको तथ्य  खुल्न आएको छ ।

‘नारायणहिटी राजदरबारको २०५८  जेठ  १९  को  घ’टना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन’को ठहर थियो–  राजदरबार   ह’त्या  का’ण्डमा  तत्कालीन  युवराज दीपेन्द्रबाटै  राजारानीसहित  आफू  र  अन्य  सात  जनाको ह’त्या  भयो र, घटनाको सम्भावित कारण  बन्यो  देवयानी सँगको विवाहमा दरबारको अस्वीकारोक्ति ।’

नारायणहिटी राजदरबारमा २०५८ जेठ  १९  गते  शुक्रवार राति घटेको घटनाको यथार्थ तथ्य संकलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घ’टना  प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित एवं शाहीरक्षकहरूलगायत का  उद्धार  का’र्यमा  संलग्न  व्यक्तिहरू,  उपचार  का’र्यमा संलग्न चिकित्सकहरू लगायत व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गरियो ।

यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरू बाट  खुल्न  आएको  तथ्यका  सन्दर्भमा  बुझ्न  आ’वश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवं  सम्बन्धि त  ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेत का कार्यहरू  गरी  छानबिनबाट  निम्न  बमोजिमको  तथ्य खुल्न आएको छ ।

राजदरबार ह’त्या’काण्डमा ह’त्या भएका तत्कालीन  राजा वीरेन्द्र,  रानी  एश्वर्य,  अधिराजकुमारी  श्रुति  र  अधिराज कुमार  निराजन  । १. नारायणहिटी  राजदरबारमा   हरेक महीनाको  तेस्रो शुक्रवार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रवार पनि जमघटको आयोजना भएको पाइयो ।

नारायणहिटी राजदरबारको त्रिभुवन  सदनमा   आयोजना गरिएको  सो  जमघटमा  श्री  ५  महाराजाधिराज  वीरेन्द्र वीरविक्रम शाहदेव (यसपछि श्री ५ महाराजाधिराज भनि एको), श्री ५  बडामहारानी  ऐश्वर्य  राज्यलक्ष्मीदेवी  शाह (यसपछि  श्री  ५ बडामहारानी  भनिएको),  श्री   ५ मुमा बडामहारानी रत्न  राज्यलक्ष्मी  देवी शाह (यसपछि श्री ५ मुमा बडामहारानी भनिएको) श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह (यसपछि श्री ५ युवराजाधिराज भनिए को श्री ५ अधिराजकुमार नीराजन वीरविक्रम शाहकाअतिरिक्त राजपरिवारका  अन्य  सदस्यहरू  एवं  शाही –नातेदारहरू गरी २४ जनालाई राति  ७:३० बजे  आमन्त्रण  गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मीदेवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी तीन जना बाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ । आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ ।

२. उल्लिखित  जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवनसदन मा राति ७:३० बजेभन्दा अगाडि नै  सर्वप्रथम श्री ५  युवरा जाधिराज  उ’पस्थित  भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा समेतको भनाइबाट पुष्टि भएको छ ।

त्यसपछि क्रमशःआमन्त्रितहरूको आगमन भएकोदेखिन्छ  राति ८ बजे श्री ५ युवराजाधिराजले  आफ्नो मोटरबाट श्री ५  मुमा  बडामहारानी  राज  हुने  बंगला  महेन्द्र– मञ्जिल सवारी भई  श्री  ५  मुमा बडामहारानीलाई मौसूफको मोटर आफैंले चलाई जमघट स्थान त्रिभुवन सदनमा सवारी चला इबक्सेको देखिन आयो ।

श्री ५ मुमा बडामहारानी विलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री  ५  अधिराजकुमारी  हेलेन शाह सँग  राजभइबक्स्यो । राजपरिवारका  सदस्य  एवं  शाही नातेदारहरूको   उ’पस्थिति  भइसकेपछि  अन्त्यमा  राति करीब ८:३० बजे श्री ५ महाराजाधिराज मौसूफको अफिस बाट सीधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारीपछि विलियार्ड कोठातर्फ सवारी भएको तथ्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो ।

३. श्री ५ युवराजाधिराजले ७:३०  बजे  त्रिभुवन  सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलिबक्से को र त्यसक्रममा एक/दुई पेग निट (पानी नराखी) Famous Grouse न्चयगकभ ह्विस्की समेत पिइबक्से को तथ्य मौसूफका एडीसी गजेन्द्र बोहरा र शाही नातेदार महेश्वर सिंह तथा रविशमशेर ज.ब.रा. समेतको भनाइबाट  देखियो ।

श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करीब १०–१२ मिनेट जति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्विस्कीको असरले हो कि ? भन्ने सम्झी श्री ५ अधिराजकुमार नीराजन, श्री ५ शाहजादा पारस, कुमार गोरख र डा. राजीव समेत चार जना भई श्री ५ युवराजा धिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसूफको खोपीमा सवारी चलाएको कुरा बुझिएको प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ

४. श्री ५ युवराजाधिराज विलियार्ड कोठामा रहँदाकै अवस्थामा राति ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भएबमोजिम गजेन्द्र बोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार निजले विशेष प्रकारको (शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको) चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहजादा पारसमार्फत जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो ।

गाँजा लगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करीब एक वर्षदेखि आफूले त्यस्तो चुरोट बनाइदिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए ।
श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा र राजु कार्की समेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समितिसमक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आउँछ ।

५. छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकोले नेपाल दूरसञ्चार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राति ८:१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्याँस उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेन्ड (१:१४) देवयानी राणासँग कुरा भएको र दोस्रो पटक देवयानी राणाले राति ८:१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसूफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकन्ड (४:१४) कुरा भएको अभिलेखबाट देखियो ।

पुनः राति ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई मोबाइल नं. ९८१०२४३३९ मा ३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ । काठमाडौं, महाराजगञ्ज बस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ट सम्बन्ध रहेको तथ्य शाही पाश्र्ववर्तीहरू गजेन्द्र बोहरा र राजु कार्की तथा श्री ५ युवराजाधिराजकी मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News