मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफुले  सोचेभन्दा  बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । दिन सामन्य नै रहला । आफन्त  मिलनले  सुख  दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला ।

बृष (ई,ऊ,ए, ओ,वा,वी,वू, वे, वो  प्र’तिस्पर्धा  बाट  फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्ने छन् ।साथै टाढाको यात्रा  हुने  योग  छ ।  ब्यापारबाट  सामान्य  नाफा होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ , रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आ’र्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नँया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बेकारको विवादमा फँस्न सकिनेछ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।

मकरभो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुन दिने छ । पीडा दिनेहरु सक्रिय रहलान । व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन् । नयाा कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ, अन्न लाभ पनि होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News