
काठमाडौँ उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ आयोजना को का’र्यविधि (प्रोटोकल) अनुसार सुरुङको परीक्षण गर्नु पर्ने भएकाले केही समयका लागि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन नि’र्देशनालयका निर्देशक कमल श्रेष्ठले करिब तीन महिना पानी वितरण भइसकेपछि सुरुङको भित्री र बाहिरी अ’वस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि केही समयका लागि पानी वितरण अवरुद्ध हुने जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेकी थिईन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजल मा जल प्रवाहको शुभारम्भ गरेका थिए।
निर्देशक श्रेष्ठले भने, “निर्माण कम्पनीसँगको सम्झौता अनु सारको कार्यतालिकाभित्रकै यो काम हो । यो काम पहिला नै गर्नु पर्दथ्यो तर काठमाडौँवासीको लामो समयदेखिको व्यग्र पर्खाइ तथा सुक्खा याममा उ’पत्यकामा पानीको सह जताका लागि तीन महिना पानी वि’तरण गरेर सुरुङको निरीक्षण तथा मर्मत गर्न लागिएको हो ।” सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ ।
कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका चारवटा फ्लसिङ टनेलबाट बाहिर निकाली त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए÷नभएको अध्ययन गरिने नि’र्देशक श्रेष्ठले बताए। गोरखापत्र दैनिकबाट