२३  जेठ,  धनगढी ।  उपप्रधान  तथा  शहरी  विकासमन्त्री राजेन्द्र  महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली  र  उपप्रधानमन्त्री महतोको  पुत्ला जलाइएको छ । घोडाघोडी नगरपालिका–१ स्थित  सुखडमा नेकपा  माओवादी  केन्द्र  निकट  योङ कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री  ओलीले एकपछि  अर्को  राष्ट्रघाती  काम  गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको  लागि  राष्ट्रिय  मुक्ति  आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

यो पनि: जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । राउत हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकी करण भए पनि प्रदेशमा  दुवै दलका  संसदीय  नेता  रहेका थिए ।

तर, एकीकरण भएको एक वर्षपछि पार्टीमा आन्तरिक विवाद भएकै समयमा संसदीय दलको नेतामा पूर्व समाजवादी पार्टीबाट राउतलाई चयन गरिएको छ । जसपाका कुल ५५ सांसदमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् ।

पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका २५ जना सांसद रहेकोमा राउतलाई पूर्व राजपाका ६ जना सांसदले समेत समर्थन गरेको पूर्व समाजवादीका एक सांसदले जानकारी दिए ।

जसपाबाट पूर्व राजपा खेमाका नेताहरु ८ मन्त्रालयसहित संघीय सरकारमा गएपछि पूर्व समाजवादी पक्ष प्रदेशमा सत्ता परिवर्तन गर्न लागेको बताइएको छ । त्यसैअनुसार दलको नेतामा राउतलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News